बुढानिलकण्ठ नगरपालिकामा फुटबल रंगशाला बनाउन सम्झौता
कपन अनलाइन
काठमाडौं भदौ १७ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) र बुढानीलकण्ठ नगरपालिकाबीच बूढानीलकण्ठ नगरपालिका वडा ४ मा फुटबल रंगशाला निर्माण गर्न त्रिपक्षीय सम्झौता भएको छ ।
राखेपका सदस्य–सचिव रामचरित्र मेहता, बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारी र वडा ४ का अध्यक्ष श्रीराम केसीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन ।
त्यस्तै बुढानीलकण्ठ नगरपालिका खेलकुदमैत्री पालिका बनाउने अभियानलाई मूर्त रुपमा दिन विभिन्न खेलका पूर्वाधार बनाउने, खेलकुदका विभिन्न गतिविधिहरुमा आपसी सहयोग गर्न, विभिन्न प्रशासनिक र प्राविधिक विषयमा सहयोग र समर्थन गर्नेलगायतका विषयमा पनि सम्झौता भएको छ ।
बुढानिलकण्ठ नगरपालिकाले गौरवको आयोजनाका रुपमा निर्माण गर्न लागेको बुढानिलकण्ठ खेल मैदान (धनेश्वर) अब सम्पन्न हुने चरणमा पुगेको छ।
नगरपालिकाको मुख्य खेलकुद पूर्वाधारका रुपमा विकास गर्न लागिएको उक्त मैदानमा देखिएको जग्गा मिलानको समस्या समाधानको अन्तिम चरणमा पुगेको छ। फुटबल मैदानको स्वरूप र मापदण्ड पुरा गरेर निर्माण गर्नका लागि विगत ११ वर्ष देखि भएको पहल सफल हुने चरणमा पुगेको वडा नं ४ का अध्यक्ष श्रीराम केसीले जानकारी दिएका छन।
