ज्ञानोदय र लिटिल एन्जल्स विजयी

ज्ञानोदय र लिटिल एन्जल्स विजयी

कपन अनलाइन
काठमाडौं भदौ १६।

आयोजक ज्ञानोदय बालवाटिका र लिटिल एन्जल्स (एलए) ले ३२ औं स.बल ज्ञान कार्निभलअन्तर्गत बास्केटबलको गल्र्समा मंगलबार जित हात पारेका छन् ।
बुङमतिस्थित घरेलु कोर्टमा ज्ञानोदयले एलआरआईलाई २०–८ ले पराजित ग¥यो । ज्ञानोदयकी सुवेक्षा वज्राचार्यले १० अंक जोडिन् । एलएले रातो बंगलालाई १६–८ ले हरायो । एलएकी स्कार्लेट प्रजापतिले ५ स्कोर   गरिन् ।
गल्र्स बास्केटबलमै एलिक्सर एकेडेमी विरुद्धको खेलमा भने रातो बंगला २०–११ ले विजयी भयो । रातो बंगलाकी आयषा जफ्फरले १० अंक बटुलिन् ।
ब्वाइज बास्केटबलमा एलिक्सरले डिएभीलाई ३५–१४ तथा एलएले रातो बंगलालाई २६–१८ ले पाखा लगाए । एलिक्सरका एम्ब्रोसले १६ तथा एलएका सुजल यादवले १२ अंक जोडे ।
स.बलको मुख्य प्रायोजन तथा सफल दुध र फन पार्टनर चोकोफन क्रसको सह–प्रायोजनमा भइरहेको प्रतियोगिताको गल्र्स फुटबलमा रातो बंगला र एलएले सफलता पाए ।
रातो बंगलाले ज्ञानोदयलाई ४–० गोलले पराजित ग¥यो । रातो बंगलाकी इभाना सुवेदी र स्वीकृति शाहले समान २–२ गोल गरे ।
एलएले त्रियोगमाथि २–० को जित दर्ता ग¥यो । दुवै गोल अभिव्यत्ति तामाङले गरिन् । ब्वाइज फुटबलमा एलएले पाठशालालाई २–० गोलले पाखा लगायो । अक्षय श्रेष्ठले गोल गरे । बाँकी गोल आत्माघाती थियो ।

तपाइँको प्रतिक्रिया ।