कपन ह्यान्डबलमा मान्छेले ज्यान गुमाए पछि मात्र तात्ने हो सरकार !

कपन ह्यान्डबलमा मान्छेले ज्यान गुमाए पछि मात्र तात्ने हो सरकार !

कपन अनलाइन

काठमाडौं, भाद्र ८ ।

बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १० र ११ को सिमाना मा रहेको कपन ह्यान्डबल मैदानमा दैनिक रुपमा दुर्घटना हुने गरेको छ। निकै ओरालो र सिधा सडक रहेको सो स्थानमा भइरहेको निर्माण कार्य र सोबाट आएको बालुवा सडकमा थुप्रिदा दुर्घटनाको जोखिम निकै बढेको हो।

दैनिक रूपमा दुर्घटना हुने र सवारी साधनहरूमा असर पर्ने देखिएको र सोको सूचना तथा जानकारी स्थानीय तह लगायतका सरोकारवाला निकायमा हुँदा हुँदै पनि उनीहरुले देखाएको उदासिनताप्रति स्थानीयहरूले आक्रोश व्यक्त गरेका छन्।
निकै जोखिमपूर्ण सो स्थानमा दैनिक दुर्घटना भइरहेको र अब सो स्थानमा दुर्घटनाबाट मान्छेको ज्यान गएपछि मात्रै सुतिरहेका सरोकारवाला निकायहरु उठ्ने भन्दै स्थानीयहरुले व्यङ्ग्य समेत गरेका छन्।

विभिन्न संचार माध्यमहरू र व्यक्तित्वहरुले पनि सरोकारवाला निकाय स्थानीय तह र अन्य पक्षहरूमा पनि जानकारी गराउँदा समेत पनि सो स्थानमा कुनै पनि सुरक्षाका उपायहरु र सचेतनाका बोर्डहरू समेत नराख्नुलाई निकै लापरबाही पुर्ण कार्यको रुपमा हेरिएको छ।

तपाइँको प्रतिक्रिया ।