मुक्तक : ईश्वर साउँद (भिक्षु)
कपन अनलाइन
काठमाण्डौ, भाद्र ६।
कतै हार भेटियो कतै जीत जिन्दगीमा
कतै बिछोड भेटियो कतै मीत जिन्दगीमा
यस्ता यस्तै रणमैदान रहेछ यो जिन्दगी
चलनचल्तिमा चलिरहेको रीत जिन्दगीमा ।
अहंकारको जाल झेल उसँग धेरै देखियो
छलछाम अचम्मको खेल उसँग धेरै देखियो
दाउ आफ्नै पच्छेमा पार्नैको लागि पलपल
बंशाणु पुस्त्यौलि मिले उसँग धेरै देखियो ।
यो हाम्रो संकालु बानि बेकार हुन्छ
अहंकारको आम्दानि बेकार हुन्छ
जीत भन्दा हार धेरै गनाउछ जहाँ
बनावटी त्यो क–हानी बेकार हुन्छ ।
मागेर जिन्दगी चलाउछु भन्नू गल्ति भयो
उज्यालो दिप जलाउछु भन्नू गल्ति भयो
जहाँ पुगे पनि इमानदारीता काम लाग्छ
अहंकारले सत्य ढलाउछु भन्नू गल्ति भयो ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
