चार मुक्तक : म्यामराज राई

चार मुक्तक : म्यामराज राई

कपन अनलाइन

काठमाडौं, साउन २३ ।

एकमुट्ठी पनि सित्तैमा माटो दान गर्नु हुँदैन
सीमा मिच्दै आउनेलाई सम्मान गर्नु हुँदैन
स्वर्गको टुक्रो हो देश प्राकृतिक सौन्दर्यमा,
घरभित्र आफू आफैँबिच जुधान गर्नु हुँदैन ।

समय खोला बन्यो, जीवन त्यसकै धार बन्यो
किनारा बनिरहेँ, भाग्य आफ्नै पार बन्यो
बग्नु नै सत्य रहेछ, थामिनु त भ्रम मात्रै,
मान्छे त यात्रु थियो, यात्रा नै संसार बन्यो ।

अधिकांशले तिम्रो काम चमत्कार हो भन्छन्
मुट्ठीभरकाले डन शैलीमा प्रहार हो भन्छन
लक्ष्य भेट्न सकारात्मक योजना बुनिरहँदा,
स्वर्णिम युगमा यही दिन यादगार हो भन्छन् ।

यो युग प्रविधिको हो मान्छेका लागि एक जन्जिर बन्यो
छरछिमेक, साथीभाइबिच अनजानमा अग्लो भिर बन्यो
सदुपयोग या दुरुपयोग सिक्काका दुई पाटा जस्तै हुन्,
केहीका लागि अभिशाप होला कसैको तकदिर बन्यो ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।