टुक्का कविताहरू : अच्युत घिमिरे
कपन अनलाइन
काठमाडौं असार २७ ।
१.
पाना पनामा भविष्य लेखिन्छ
किताब भित्र संसार देखिन्छ ।
२.
मुखले नसक्ने कुनै पनि काम हुदैँन
सरकारले ढाँटेको कानुनले छुँदैन ।
३.
माया बिनाको जीवन सधैँ टाढा हुन्छ
अग्लो महलभित्र त खाली मन रुन्छ ।
४.
धेरै पीडा लुकेका हुन्छन् सुनौलो महलभित्र
हाँसो देखिएपनि आँसु बगेका हुन्छन् है मित्र !
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
