केही प्रश्नहरु : त्रिलोचन आचार्य (कविता)
कपन अनलाइन
काठमाण्डौ, असार १४।
१. थप्दै कान कमा, खुसुक्क बिचरा काटेर खुट्टा न को
खल्ती होइन कान्तिको ति यसमा जोडौँन मान्दै निको –
दोस्रो अक्षर जो पुकारसँगको फालेर बाँकी लिँदै
भन्नोस् सज्जन नाउँ ठाउँ कुन हो ? बस्दै छ यो चम्किँदै
२. केही छैन कमा, न भार पनमा, हल्का सबै अक्षर
टाढा छैन हिँडेर चावहिलमा जाँदा हुने सर्सर
हेर्दा माथि हराभरा शिवपुरी, बौध्दस्तुपा पूर्वमा
भन्नोस् सज्जन हो, छ कान्तिपुरमै, यो ठाउँ होला कहाँ ?
३. नेता होइन यो अगाडि छ जहाँ, एकार मात्रै नमा
पाएको छ रमेर बस्न बिचमा आकार राखी पमा
त्यो सग्लो ल पछाडि लाग्छ र तिनै जोड्दा बन्यो देश रे
त्यो होला कुन देश बन्धु भन हे, चिन्छन् पुरा विश्वले
४. थप्नोस् कान बमा र उसैगरि लमा होस् तर्कुले त्यो जमा
रच्दै थे कवि भानुभक्त कविता डुल्दै यही ठाउँमा
काखीमा सुखले लिई, वरिपरी हेर्दैछ नागार्जुन
भन्नोस् सज्जन हो विचार गरिँदै त्यो ठाउँ होला कुन ?
५. छन् आँखा त्रय भन्छ नाम, तर त्यो देखिन्न हेरे पनि
नाना गन्थन गर्छ कोर्छ कविता भै कल्पनाका मुनी
टाढा ताक्छ परन्तु झर्छ कविता फिस्टो बनी हातमा
को होला रोप्दै अक्षर बस्छ फल्दछ कहाँ यो भव्य आषाढमा
६. थप्दै ह्रस्व इकार बस्दछु नमा आधा न तान्दै बमा
च्यापी अन्तिम धन्यको ध र सधैँ फैलिन्छ कर्तव्यमा
राखी साँध सिमा गरेन कहिल्यै खुम्चेर सानो मति
लक्ष्मीको प्रतिभा खुल्यो प्रखरभै जन्मे अनेकौँ कृति ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
