पेरिसको लागि उडेको विमानमा बमको संका आकस्मिक अवतरण
लस एन्जेल्स, २ मङ्सिर । दुई अमेरिकी विमानमा बम राखिएको हल्लापछि आकस्मिक अवतरण गरिएको समाचार छ ।
ती दुवै विमान पेरिसका लागि उडेका थिए । उडिसकेपछि ती विमानमा बम राखिएको हल्लापछि आपतकालीन अवतरण गरिएको समाचारमा जनाइएको छ ।
विमान उडेपछि ती विमानमा बम राखिएको हल्ला आएको थियो । सो हल्लापछि एउटा बिमान अमेरिकामै र अर्काे विमान क्यानाडाको विमानस्थलमा अवतरण गराइएको थियो ।
ती विमान अमेरिकी सहर लस एन्जेल्स र वासिङ्टनबाट उडेका थिए । बिमानमा बम राखिएको फोन अज्ञात व्यक्तिबाट आएपछि सो विमान आकस्मिक अवतरण गराइएको बताइएको छ ।
फ्रान्सको पेरिसमा गत शुक्रबार राति भएको आतङ्कवादी हमलापछि १२९ जनाको ज्यान गएपछि पेरिसकै लागि उडेका ती बिमानमा बम राखिएको हल्ला दिएएको छ ।
विमान सेवाहरुले दुर्वै विमान सकुसल अवतरण गराइएको र त्यहाँ बम रहे नरहेको भन्ने बारेमा थप चेकजाँच जारी रहेको अधिकारीहरुले जनाएका छन् ।
स्थानीय अधिकारीहरुले उक्त बिमानमा रहेका यात्रुका लगेजका साथै सबैतिर सुरक्षा जाँच थालेका छन् । बम बिशेष सुरक्षा जाँच जारी रहेको बताइएको छ ।
ती बिमानमा बम राखिएको भनी गरिएको हल्ला एकै व्यक्तिले गरेको हो वा फरक फरक व्यक्ति हो भन्ने बारेमा पनि अनुसन्धान भइरहेको उड्डयन अधिकारीहरुले जानकारी दिएका छन् ।
यसै महिनाको सुरुतिर एक रसियाली विमान इजिप्टमा दुर्घटनाग्रस्त भएको थियो । सो दुर्घटनामा परी २२४ जनाको ज्यान गएको थियो ।
उक्त बिमानमा बम राखिएको रहस्य अहिले आएरमात्र खुलेको छ । रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले उक्त बिमानमा बम राखिएको अनुमानसहतिको आसय हालैमात्र व्यक्त गर्नुभएको थियो ।