कोड एभोर ७.० प्रतियोगितामा नेपालको उत्कृष्ट प्रदर्शन, बुढानिलकण्ठका प्रसन्न केसीलाई अवार्ड

कोड एभोर ७.० प्रतियोगितामा नेपालको उत्कृष्ट प्रदर्शन, बुढानिलकण्ठका प्रसन्न केसीलाई अवार्ड

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ १०।

सन 2026 may 17,18 मा इन्डोनेसिया मा आयोजित codeavour 7.0 अन्तरास्ट्रिय  प्रतियोगितामा नेपालले उत्कृष्ट प्रदर्शन गरेको छ।

बिश्वको धेरै देश नेपाल सहित ४३ राष्ट्रहरुको विद्यार्थीहरु सहभागि रहेको सो प्रतियोगितामा बुढानिलकण्ठ नगरपालिका वडा नं ६ निवासी प्रसन्न केसीले कन्सोलेसन अवार्ड प्राप्त गरेका छन।

नेपालको तर्फबाट भाग लिएका बुढानिलकण्ठ नगरपालिका वडा न ६ खत्रीगाउ का १३ वर्षीय केसीको नेतृत्वमा रोहन र प्रभव नाथ सहितको टोलीले स्पार्कि बडि एआई रोबट जडान परियोजना निर्माण गरी अवार्ड प्राप्त गर्न सफल भएका हुन्।

Skill Sup Global ज्ञानेश्वर बाट शिक्षा प्राप्त गरि हाल DAV शुशिल केडिया बिश्व भारति स्कुल ललितपुरमा कक्षा ८ मा अध्यनरत केसीले  ले मार्च महिनामा आयोजित राष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिएर नेपालमा पनि प्रथम रनर अप बनेका थिए।

तपाइँको प्रतिक्रिया ।