बुढानिलकण्ठमा सामुदायिक विद्यालयका व्यवस्थापन समिति सदस्य पदमुक्त !
कपन अनलाइन
काठमाण्डौ ,जेष्ठ २ ।
बुढानिलकण्ठ नगरपालिकाले सामुदायिक विद्यालयहरूको विद्यालय व्यवस्थापन समितिमा मनोनित सदस्य स्वतः पदमुक्त हुने सम्बन्धमा निर्देशन जारी गरेको छ।
नगर कार्यपालिकाको कार्यालयद्वारा जारी पत्रअनुसार नेपाल ऐन संशोधन गर्ने अध्यादेश, २०८३ ले शिक्षा ऐन २०२८ मा गरेको संशोधनपछि विद्यालय व्यवस्थापन समितिको संरचनामा परिवर्तन भएको उल्लेख गरिएको छ। संशोधित व्यवस्था अनुसार शिक्षा ऐन २०२८ को दफा १२ को उपदफा (१) को खण्ड (ग) बमोजिम रहेका मनोनित सदस्यहरू स्वतः पदमुक्त हुने व्यवस्था लागू भएको जानकारी दिएको छ।
नगर शिक्षा समितिको २०८३ जेठ १ गते बसेको बैठकको निर्णयअनुसार अब विद्यालय व्यवस्थापन समितिमा ९ सदस्यीय संरचना कायम गरिने भएको छ, जसमा १ जना महिला र १ जना पुरुष मनोनित सदस्य रहने व्यवस्था गरिएको छ।
तपाइँको प्रतिक्रिया ।
