बुढानिलकण्ठ नगरपालिकाद्वारा विद्यालय शुल्क कार्यान्वयनमा कडाइ,नमान्ने विद्यालयलाई कारवाही
कपन अनलाइन
काठमाडौं , बैशाख ९।
बुढानिलकण्ठ नगरपालिकाले नगर क्षेत्रभित्रका विद्यालयहरूलाई तोकिएको शुल्क कार्यान्वयन गर्न निर्देशन दिएको छ।
नगर शिक्षा समितिको निर्णय अनुसार विद्यालयहरूले विद्यार्थी भर्ना गर्दा तोकिएको शुल्क मापदण्ड पालना गर्नुपर्ने व्यवस्था रहेको तर केही विद्यालयहरूले उक्त निर्णयअनुसार शुल्क कार्यान्वयन नगरेको गुनासो आएपछि नगरपालिकाले सो सुचना जारी गरेको हो ।
सूचनामा उल्लेख गरिएअनुसार अब विद्यालयहरूले अनिवार्य रूपमा निर्धारित शुल्क मापदण्डअनुसार मात्र भर्ना प्रक्रिया सञ्चालन गर्नुपर्ने र सो निर्णय विपरीत कार्य गरेको पाइएमा सम्बन्धित विद्यालयमाथि आवश्यक कारबाही गरिने शिक्षा ,युवा तथा खेलकुद महाशाखा प्रमुख ललित विक्रम सिंले जानकारी दिएका छन ।
नगरपालिकाले शिक्षा क्षेत्रमा अनुशासन कायम राख्न तथा अभिभावकलाई अनावश्यक आर्थिक भार नपरोस् भन्ने उद्देश्यले यस्तो कदम चालिएको जनाएको छ। साथै, सबै विद्यालयलाई नियमअनुसार कार्यान्वयन गरी पारदर्शिता कायम गर्न आग्रह गरिएको छ।
