विद्यालयहरुको समस्या समाधानमा बुढानिलकण्ठको पहल, शिक्षा मन्त्रि पोखरेल सकारात्मक

विद्यालयहरुको समस्या समाधानमा बुढानिलकण्ठको पहल, शिक्षा मन्त्रि पोखरेल सकारात्मक

कपन अनलाइन

काठमाण्डौ ,बैशाख १ ।

बुढानीलकण्ठ नगरपालिकाको शिक्षा समिती तथा संस्थागत विद्यालयहरुको टोलीले शिक्षा मन्त्री  सुस्मित पोख्रेललाई भेटेर विद्यालयहरुमा देखिएको अन्यौलता र समस्याहरुका बारेमा छलफल गरेको छ ।

सो भेटमा नगर प्रमुख तथा नगर शिक्षा समितिका अध्यक्ष मिठाराम अधिकारी सहितको टोलीले हाल विद्यालयमा मन्त्रालयको निर्णयले पारेको प्राभाव र अन्यौलताका बारेमा जानकारी गराउनुका साथै विद्यालय संचालनका बारेमा छलफल भएको प्याब्सन बुढानिलकण्ठका अध्यक्ष राधेश्याम श्रेष्ठले जानकारी दिएका छन।

सो अवसरमा  नगरपालिकाले शिक्षक व्यवस्थापनका लागि स्थापना गरेको शिक्षक बैंक, विद्यार्थीको सिकाइ सुधारका लागि सञ्चालन गरेको सघन शिक्षण सिकाइ सेसन, विद्यार्थी वृत्ति पहिचान, दिवा खाजाको व्यवस्थापन, प्रधानाध्यापक कार्यसम्पादन करार, रमाइलो शुक्रबार, अन्तरपालिका शैक्षिक साझेदारी, सामुदायिक र संस्थागत विद्यालय साझेदारी कार्यक्रम र शैक्षिक क्यालेण्डरको प्रभावकारी कार्यान्वयनबाट नगरको शिक्षामा आएको परिबर्तन आदिका बारेमा शिक्षा, युवा तथा खेलकुद महाशाखाका प्रमुख ललित विक्रम सिंहले जानकारी गराएका थिए।

सो  छलफलमा संस्थागत विद्यालयका प्रतिनिधिले बैशाख १५ अघि नै भर्ना शुरु गरी पठनपाठन प्रारम्भ गर्दा हुने कारबाहीको बारेमा र बैशाख महिनामा फि लिन नपाइने सम्बन्धमा सामाजिक सञ्जालमा आएको समाचारबारे जिज्ञासा राख्दा मन्त्री पोखरेलले सो सम्बन्धमा मन्त्रालयले कुनै निर्णय नगरेको र यो अधिकार बिद्यालयमा निहित रहेको बताउदै सकारात्मक पहलका लागि बुढानिलकण्ठ नगरपालिकालाई धन्यवाद समेत दिएका थिए।

तपाइँको प्रतिक्रिया ।