बुढानिलकण्ठ-१० की राष्ट्रिय तेक्वान्दो खेलाडी कृतिका कटवाललाई राखेप र नगरको शुभकामना…
कपन अनलाइन
काठमाण्डौ ,चैत २५।
राष्ट्रिय तेक्वान्दो खेलाडी कृतिका कटवाल अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपालको प्रतिनिधित्व गर्न उजबेकिस्तानको तास्केन्त जाने भएकी छन्। Nepal Taekwondo Association अन्तर्गतकी उनी Tashkent 2026 World Taekwondo Junior Championships मा सहभागी हुन लागेकी हुन्, जुन अप्रिल १२ देखि १७ सम्म सञ्चालन हुनेछ।
World Taekwondo को आधिकारिक क्यालेन्डरमा समावेश यो प्रतिष्ठित प्रतियोगितामा कृतिकाले ४६ केजी तौल समूहमा प्रतिस्पर्धा गर्नेछिन्। उनको सहभागितालाई नेपाली तेक्वान्दोका लागि महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।
बुढानिलकण्ठ नगरपालिका–१० मा बसोबास गर्दै आएकी कृतिका लामो समयदेखि स्थानीय तहदेखि राष्ट्रियस्तरसम्म उत्कृष्ट प्रदर्शन गर्दै आएकी खेलाडी हुन्।
सो अवसरमा बुढानीलकण्ठ नगरपालिकाले कृतिकाको सम्मानमा विशेष बिदाइ कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा प्रशिक्षक दीपक दुलाल, नगर खेलकुद बोर्डका उपाध्यक्ष दीपक तामाङ तथा सदस्य सञ्जय श्रेष्ठको उपस्थिति रहेको थियो।
त्यस्तै राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रामचरित्र मेहताले विश्व तेक्वान्दो जुनियर प्रतियोगितामा सहभागी हुने खेलाडी र प्रशिक्षकलाई विदाई गरेका छन।
४६ केजी मुनी कृतिका कट्वाल र ५९ केजी मुनी तौल समुहमा दिल्लीका भोलन तथा प्रशिक्षकमा सन्दिपा अम्गाईँलाई विजयको शुभकामना सहित सदस्य सचिव मेहताले विदाई गरेका थिए।
