बुढानिलकण्ठमा एकल गायन प्रतियोगिता सम्पन्न, को को बने विजेता ?
कपन अनलाइन
काठमाण्डौ ,चैत १९।
बुढानिलकण्ठ नगरपालिकाको आयोजनामा एकल गायन प्रतियोगिता सम्पन्न भएको छ। नगरपालिकामा संचालित विद्यालयहरुका ४२ विद्यार्थीहरुको सहभागिता रहेको सो प्रतियोगितामा आधारभूत र माध्यमिक तहका विद्यार्थीहरुले सहभागिता जनाएका थिए।
बुढानिलकण्ठ नगरपालिकाको सामाजिक विकास समितीकी संयोजक शान्ता ढकाल पुडासैनीको अध्यक्षता र नगर प्रमुख मिठाराम अधिकारीको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रममा विजेता गायक तथा गायिकाहरुलाई नगद पुरस्कार सहित सम्मान गरिएको थियो।
उक्त प्रतियोगितामा आधारभूत तह तर्फ शिशु मिलन माविकी परिषा तामाङ प्रथम,भक्ति इन्टरनेसनल स्कुलकी ओरोपी गिरी दितीय,पिक पोइन्ट एकेडेमीकी त्रियाम्शी श्रेष्ठ तृतीय र बाल विकास स्कुलका सुमन भण्डारीले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए।
त्यस्तै माध्यमिक तह तर्फ पिक पोइन्ट एकेडेमीका आयुष गिरी र रिजन श्रेष्ठ क्रमसः प्रथम र दितीय बनेका थिए भने घटराज मेमोरियल स्कुलकी आज्ञा थपलिया तृतीय र फेरी ल्याण्ड एकेडेमीकी बासुकी लामाले सान्त्वना पुरस्कार प्राप्त गरेकी थिइन् ।
नगरपालिकाको शिक्षा ,युवा तथा खेलकुद महाशाखाका प्रमुख ललित विक्रम सिंहके कार्यक्रम माथि प्रकास पार्दै स्वागत मन्तव्य राखेको सो कार्यक्रमको संचालन अधिकृत अनिता खनालले गरेकी थिइन्।
