सम्यक स्कुलको प्रथम वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

सम्यक स्कुलको प्रथम वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

कपन अनलाइन

काठमाडौं, फागुन ३ ।
बुढानिलकण्ठ नगरपालिका वडा नं. ८ मा अवस्थित सम्यक स्कुलको पहिलो वार्षिक उत्सव एक विशेष समारोहका साथ भव्य रूपमा सम्पन्न भएको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री जनक थापाको सभापतित्वमा आयोजित उक्त कार्यक्रममा बुढानिलकण्ठ नगरपालिकाकी उप-प्रमुख  अनिता लामा प्रमुख अतिथिको रूपमा उपस्थित रहेका थिए। कार्यक्रममा वडा नं. ८ का अध्यक्ष सुमन तामाङ, नगरपालिकाका लेखा समिति संयोजक  राजकाजी श्रेष्ठ लगायत विभिन्न सामाजिक तथा शैक्षिक अभियन्ताहरूको बाक्लो उपस्थिति रहेको थियो।
कार्यक्रमको अवसरमा विद्यालयका प्रिन्सिपल  पूर्ण श्रेष्ठले विद्यालयको स्थापनाकालदेखि हालसम्मका शैक्षिक गतिविधि र प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए। समारोहमा स्कुलका विद्यार्थीहरूले आफ्ना प्रतिभा झल्कने विभिन्न सांस्कृतिक नृत्य तथा कलात्मक कार्यक्रमहरू प्रस्तुत गरेर उपस्थित पाहुनाहरूलाई मनोरञ्जन दिलाएका थिए।
सो समारोहलाई सम्बोधन गर्दै अध्यक्ष जनक थापाले सम्यक स्कुललाई समयको माग अनुसार प्रविधिमैत्री (Technology-friendly) भौतिक पूर्वाधारले सुसज्जित बनाइने बताए। उनले आगामी दिनमा यस विद्यालयलाई जिल्लाकै एक नमूना शैक्षिक संस्थाको रूपमा स्थापित गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए।

तपाइँको प्रतिक्रिया ।