छैटौ बुढानिलकण्ठ रास्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न, कुन कुन विधालय भए विजेता ?

छैटौ बुढानिलकण्ठ रास्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न, कुन कुन विधालय भए विजेता ?

कपन अनलाइन

काठमाण्डौ,फगुन ३।

छैटौ बुढानिलकण्ठ रास्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न भएको छ।

बुढानिलकण्ठ स्कुलमा भएको दुई दिने प्रतियोगितामा ४० भन्दा बढी विद्यालयका करिव १५ सय विद्यार्थीहरुको सहभागिता रहेको उक्त प्रतियोगितामा प्रथम ,दितीय र तृतीय भएका विद्यालयहरुले नगद पुरस्कार प्राप्त गरेका थिए।

दुइ दिन सम्म चलेको उक्त प्रतियोगितामा बुढानिलकण्ठ स्कुल प्रथम ,रिलायन्स एकेडेमी दितीय र बाल उद्दार माध्यमिक विद्यालय तृतीय भएका थिए।

उक्त प्रतियोगिता समापनको अवसरमा बुढानिलकण्ठ नगर उपप्रमुख अनिता लामा, वडा अध्यक्षहरु , कार्यपालिका सदस्य ,विभिन्न समितिका संयोजक तथा विद्यालयका प्रधानाध्यापकहरुको उपस्थिति रहेको थियो।

 

तपाइँको प्रतिक्रिया ।