रिलायन्स एजुकेसन नेटवर्कको पाँचौ विज्ञान पदर्शनी एवं मेला सम्पन्न
कपन अनलाइन
काठमाण्डौ,फगुन २।
चावहिल सरस्वतीगनर स्थित रिलायन्स कलेजको प्राङ्गणमा पाचौं विज्ञान प्रदर्शनी एवं मेला भव्य रुपमा समापन भएको छ । फागुन १ गते कलेजको भव्य समारोह बीच उक्त कार्यक्रम सञ्चालित भएको हो समापन समारोहको अध्यक्षता रिलायन्स एजुकेसन नेटवर्कका कार्यकारी अध्यक्ष रविन्द्रजङ्ग थापाले गरेका थिए भने अमृत साइन्स क्याम्पसका क्याम्पस प्रमुख सह प्राध्यापक डा.होमबहादुर बानिया रहेका थिए ।
प्रमुख अतिथि बानियाले रिलायन्स जस्तो उदाहरणीय संस्थाले यस प्रकारको खोज मूलक,विद्यार्थी केन्द्रित कार्यक्रम निरन्तर आयोजना गर्नु अत्यन्तै प्रशंसनीय काम रहेको बताएका थिए । समापन कार्यक्रमको अध्यक्षता गर्नुभएका रिलायन्स एजुकेसन नेटवर्कका कार्यकारी अध्यक्ष रविन्द्रजङ्ग थापाले २०८३ सालमा पनि यसै उत्साहलाई कायम हुने गरी छैठौं विज्ञान तथा पदर्शनी तथा मेला आयोजना गर्ने प्रतिवद्घता व्यक्त गरेका थिए।
माघ २८ र २९ गते तथा फाल्गुन १ गते आयोजना गरिएको यस विज्ञान तथा साहित्य मेलामा करिब ५२ ओटा बिद्यालयबाट ५००० भन्दा बढी विद्यार्थीहरुको अवलोकनात्मक भ्रमण समेत भएको थियो । विज्ञान र सूचना प्रविधि सम्बन्धित ७७ ओटा स्टलहरु राखिएको उक्त कार्यक्रम रिलायन्स साइन्स एण्ड आइ टी क्लबको आयोजनामा गरिएको हो ।
विज्ञान संकायका संयोजक यादव पाण्डेको स्वागत मन्तव्यबाट शुरु गरिएको समापन समारोहमा रिलायन्स एजुकेसन नेटवर्कका सँस्कृति विभागका प्रमुख दामोदर निरौलाले दुई मिनेटको ध्यान तथा मासिक थिमको चर्चा समेत गरेका थिए । सो समापन कार्यक्रम भन्दा अगाडि छौटौं रिलायन्स गायन प्रतियोगिता समेत भव्य रुपमा आयोजना गरिएको थियो ।
सूचना प्रविधी सँग सम्बन्धित ह्याकाथन प्रतियोगिता समेत आयोजना गरिएको थियो । विज्ञान प्रदर्शनीको कलेज विधा तर्फ ट्रिनिटी कलेज तथा स्कुल विधा तर्फ रिलायन्स इन्टरनेसनलन एकेडेमी स्कूल क्रमश : प्रथम भएका थिए । रिलायन्स साइन्स एण्ड आइ टी क्लबका सचिव अनुप रायले सबैलाई धन्यवाद ज्ञापनगरेका थिए।
उक्त समापन कार्यक्रममा होटेल म्यानेजमेन्ट डिपार्टमेण्टको प्रमुख बिबि क्षेत्रीले पनि आफ्ना भनाई राखेका थिए ।
