नेशनल ब्लुमिङ फ्लावर एकेडेमी (NBFA) को आयोजनामा “NBFA Taekwondo Thrillfest 2082 – Season 2” हुने
कपन अनलाइन
काठमाण्डौ,फगुन १ ।
बुढानीलकण्ठ नगरपालिका वडा नं. ४, रुद्रेश्वर चोकमा अवस्थित नेशनल ब्लुमिङ फ्लावर एकेडेमी (NBFA) ग्रीन स्कूलले अन्तरविद्यालय स्तरीय “NBFA Taekwondo Thrillfest 2082 – Season 2” प्रतियोगिता आयोजना गर्ने भएको छ।
विद्यालयले अभिभावक तथा सरोकारवालाहरूलाई आफ्ना नानीबाबुहरूको खेल अवलोकन गर्न, उत्साह प्रदान गर्न तथा कार्यक्रमलाई भव्य र सभ्य बनाउन सहभागिताका लागि हार्दिक निमन्त्रणा गरेको छ। प्रतियोगितामा विभिन्न विद्यालयका विद्यार्थी खेलाडीहरूको सहभागिता रहने जनाइएको छ।
कार्यक्रम आगामी फागुन २ गते शनिबार बिहान १०:०० बजे विद्यालय प्राङ्गणमा सञ्चालन हुनेछ। आयोजकका अनुसार खेलकुदमार्फत विद्यार्थीहरूमा अनुशासन, आत्मविश्वास र प्रतिस्पर्धात्मक भावना अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गर्न लागिएको हो। विद्यालयले कार्यक्रम सफल बनाउन अभिभावकहरूको सक्रिय उपस्थिति र सहयोगको अपेक्षा गरेको जानकारी दिएको छ ।
