काठमाण्डौ-४ मा नेकपाका उम्मेदवार इन्द्र भुषालका साथमा कुसुम कुमार कार्की
कपन अनलाइन
काठमाण्डौ ,माघ २९।
काठमाण्डौ क्षेत्र नं ४ मा नेपाली कन्युनिस्ट पार्टीका उम्मेदवार इन्द्र भुषालले कुसुम कुमार कार्की संग भेट गरेका छन। आफ्नो सामाजिक संजालमा फोटो राख्दै भुषालले काठमाण्डौ क्षेत्र नं ४ का प्रभावशाली नेता कार्की संग आशिर्वाद लिएको बताएका छन।
आपसी समन्वय, संगठन सुदृढीकरण र आगामी रणनीतिबारे केन्द्रित उक्त भेटले नयाँ ऊर्जा थपेको बताउदै भुषालले अनुभव र ऊर्जाको संयोजनमार्फतकाठमाण्डौ क्षेत्र नं ४ मा प्रभावकारी अभियान सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन।
कुसुम कुमार कार्की साविक महाँकाल गाविसका पुर्व अध्यक्ष तथा २०७४ शालको निर्वाचनमा काठमाण्डौ क्षेत्र नं ४ ( २ ) बाट निर्वाचित प्रदेश सभा सदस्य हुन्।
तपाइँको प्रतिक्रिया ।
