बुढानिलकण्ठ-१२ मा काठमाण्डौ -४ का स्वतन्त्र उम्मेदवार डा.अर्चनको इन्ट्री, कार्यालय स्थापना

बुढानिलकण्ठ-१२ मा काठमाण्डौ -४ का स्वतन्त्र उम्मेदवार डा.अर्चनको इन्ट्री, कार्यालय स्थापना

कपन अनलाइन

काठमाण्डौ ,माघ २६।

काठमाडौँ क्षेत्र नम्बर ४ का स्वतन्त्र उम्मेदवार डा. अर्चन शमशेर राणाले बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १२ मा कार्यालय स्थापना गरेका छन्।

सिरिन्ज चुनाव चिन्ह लिएर काठमाडौँ क्षेत्र नम्बर ४ को चुनावी मैदानमा रहेका डाक्टर अर्चन शमशेर राणाले अहिले आक्रमक प्रचार शैली अपनाउँदै काठमाडौँ क्षेत्र नम्बर ४ का विभिन्न स्थानहरूमा मत मागिरहेका छन्।

२०७९ सालको निर्वाचनमा पनि काठमाडौँ क्षेत्र नम्बर ४ को उम्मेदवार बनेका राणा वरिष्ठ मृगौला रोग विशेषज्ञ हुन्|

तपाइँको प्रतिक्रिया ।