चार मुक्तक : रबिन्द्र आशिष् शैली
कपन अनलाइन
काठमाण्डौ ,माघ २५।
मौन मनको कमान हो
हो यो अमृत पान हो
हराएको जीवन भेट्टाउन,
सबैभन्दा उत्तम ध्यान हो ।
कान नहुनेकोपनि कान हुन्छ
जब कसैलाई सम्मान हुन्छ
छोड्छ आमाबाबुलाई टेर्न,
जब जब सन्तान जवान हुन्छ ।
जब जिन्दगीबाट पाउछ मर्म
अनि गर्न थाल्छन उस्ले कर्म
मान्दैनथ्यो जस्ले भगवनलाई,
गर्न थाल्छ उस्ले त्यसपछि धर्म ।
सपनामा जितेको थिए खेलहरू खेल्दा कहिले
तर विपनामा म हारिरहेछु तिमीसंग अहिले
न बाजि थियो न कुनै प्रतिस्पर्धा नै थियो हाम्रो,
तर हारेकै भएनि मीठो लाग्छ तिमीसंंग जहिले ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
