नवोदय वहुउद्देश्यीय सहकारी संस्थाको ८ औं वार्षिक साधारणसभा सम्पन्न १८ प्रतिशत नाफा बाढने
नवोदय वहुउद्देश्यीय सहकारी संस्थाले आफ्ना शेय सदस्य हरुलाई १८% नाफा वितरण गर्ने
काठमाडौँ कत्तिक २२ गते । नवोदय वहुउद्देश्यीय सहकारी संस्थाको ८ औं वार्षिक साधारणसभा हिजो शनिबार बौद्धमा सम्पन्न भएको छ । साधारणसभामा वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष नारायणबहादुर भुजेलले असार मसान्तसम्म सेयर सदस्यबाट १ करोड ८८ लाख ६३ हजार२ सय रुपया सेयर पूँजी संकलन गरी बचत रकम ५ करोड ३५ लाख रुपैयाँ पुरयाएको जानकारी दिए । त्यस्तै साधारण जगेडा तथा अन्य कोषहरुमा १३ लाख लाख ८५ हजार ७ सय ४७ रुपैयाँ पुगेको छ भने कुल दायित्व तथा सम्पत्ति ४ करोड ९३ लाख २६ हजार ४ सय ७२ रुपैयाँ पुगेको संस्थाले जनाएको छ ।
हाल २९२ जना सेयर सदस्य रहेको संस्थाले सदस्यहरुलाई स्वास्थ तथा दैवी प्रकोप राहत खर्च, मृत्यु र दुर्घटनालगायतका राहत खर्च प्रदान गर्दै आएको छ ।
सो अवसरमा संस्थाका सचिव तथा सहकारीविज्ञ शंकरप्रसाद आचार्यले संस्थाका भावी योजनाबारे प्रकाश पारेका थिए भने कोषाध्यक्ष नेत्र प्रसाद आचार्य ले आर्थिक प्रतिवेदन र लेखा तथा सुपरीवेक्षण समितिका संयोजक रामबाबु नेपालले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
प्रमुख अथितिकारुपामा उपस्थित सिन्धुपाल्चोक क्षेत्रनम्बर ३ का साम्सद शेरबहादुर तामांग ले संस्थालाई बधाई दिदै अबको विकास निर्माण मा सहकारी संस्थाहरूलाई सँगै लैजाने प्रतिबद्धता व्यक्त गरेका थिए ।
नवोदय वहुउद्देश्यीय सहकारी संस्थाले आफ्ना शेय सदस्य हरुलाई १८% नाफा वितरण गर्ने जनाएको छ ।