ओलीको निर्णयप्रति असहमति जनाउँदै नेकपा एमाले ओखलढुंगाको कार्यालयमा तालावन्दी
कपन अनलाइन
काठमाण्डौ ,माघ ५।
नेकपा एमालेले प्रतिनिधि सभा निर्वाचनमा गरेको निर्णयप्रति असहमति जनाउँदै चार संगठनले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै आईतबार दिउँसो कार्यालयमा तालाबन्दी गरेका छन ।
राष्ट्रिय युवा संघ नेपाल, अनेरास्ववियु, अखिल नेपाल महिला संघ र नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का जिल्ला अध्यक्षहरूले पार्टी जिल्ला कमिटीको निर्णय प्रति असन्तुष्टि जनाउदै तालावन्दी गरेका हुन् ।
संयुक्त विज्ञप्तिमा चारै संगठनका जिल्ला अध्यक्षहरू अर्जुन बस्नेत, अमृत खड्का, पशुपती गुरुङ, र राजकुमार राईको हस्ताक्षर रहेको छ ।आगामी फागुन २१ गते हुने प्रतिनीधि सभा सदस्य निर्वाचनका लागि नेकपा एमालेले ओखलढुंगाका लागि अस्मिता थापालाई उम्मेदवार घोषणा गरेको छ ।
नेकपा एमाले ओखलढुंगाले प्रतिनीधि सभा सदस्य उम्मेदवारका लागि जिल्लाबाट वरिष्ठ नेता ईश्वर पोखरेललाई पहिलो प्राथमिकतामा राख्दै उम्मेदवारका रूपमा अघि सारेको थियो ।यस्तै पूर्व प्रदेश मन्त्री अम्बिरबाबु गुरुङ, संविधानसभा सदस्य यज्ञराज सुनुवार, प्रदेश कमिटी सदस्य नानीबाबु बढाथोकी र जिल्ला कमिटी अध्यक्ष ज्ञानबहादुर खड्का (जिबी) लाई सिफारिस गरेको थियो ।
