नेकपा एमाले काठमाण्डौ क्षेत्र नं ४ का संयोजक राजन कुमार पोखरेल मन्त्रिको सल्लाहकार !
कपन अनलाइन
काठमाण्डौ ,पुस २८।
नेकपा एमाले काठमाण्डौ क्षेत्र नं ४ का संयोजक राजन कुमार पोखरेल बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्रि जयराम थापाको राजनीतिक सल्लाहकारमा नियुक्त भएका छन।
नेकपा एमाले काठमाण्डौ जिल्ला सचिवालय सदस्य तथा क्षेत्र नं ४ का संयोजक पोखरेल थापा प्रदेश सभा सदस्यमा निर्वाचित बन्दा सो प्रदेस क्षेत्रका संयोजक रहेका थिए।
करिव २५ वर्ष देखि सहकारी क्षेत्रमा सक्रिय रहेका पोखरेल यस अघि नेकपा एमाले बुढानिलकण्ठ नगर कमिटीको सचिव समेत रहिसकेका छन।
नेकपा एमाले काठमाण्डौ क्षेत्र नं ४ का पुर्व सदस्य तथा सहकारी विभाग प्रमुख समेत रहेका पोखरेल नेपाल ह्यान्डबल संघका उपाध्यक्ष समेत रहेका छन।
स्थानीय तहको निर्वाचन परिचालन कमिटीको सचिवालय सदस्य तथा अनुगमन समिति प्रमुख रहेर सफलतापुर्वक जिम्मेवारी बहन गरेका पोखरेल राजनीति संगै विभिन्न व्यवसायिक र सामाजिक संघ संस्थाहरु संग आवद्ध रहेका छन।
