गगन थापा : अझै बाँकी रहेको आशाको नाम हो ( कुमार खड्का )

गगन थापा : अझै बाँकी रहेको आशाको नाम हो ( कुमार खड्का )

कपन अनलाइन

काठमाण्डौ ,पुस २७।

कहिलेकाहीँ लाग्छ, यो देशमा आशा गर्नु नै अपराध जस्तो भएको छ। राजनीति देख्दा थकाइ लाग्छ, नेताहरू सुन्दा भरोसा हराउँछ। तर यिनै निराशाको बीचमा कुनै नाम यस्तो हुन्छ, जसले फेरि एकपटक भन्न,शुन्न मन लाग्छ— सबै सकिएको छैन। त्यही नाम हो, गगन थापा।

गगन थापालाई म भाषणका कारण मात्र मन पराउँदिनँ। म उहाँलाई त्यस कारण मन पराउँछु, किनकि उहाँका शब्दहरू बनावटी लाग्दैनन्। उहाँ बोल्दा लाग्छ— यो आवाज कुर्सीबाट आएको होइन, यो आवाज सडकबाट आएको हो, भुइँमान्छेको पीडाबाट जन्मिएको हो। राजनीतिमा धेरैले सुरक्षित बाटो रोज्छन्। समय पर्खन्छन्, संकेत हेर्छन्, लाभ–हानिको हिसाब गर्छन्।

तर गगन थापा त्यस्तो नेता होइनन्। उहाँले असहज परिस्थितिमा पनि सत्य बोल्न डराउनु भएन। आफ्नै पार्टीलाई प्रश्न गर्न पनि पछि हट्नु भएन। त्यसैले उहाँ कहिलेकाहीँ एक्ला देखिनुहुन्छ। तर मलाई त्यो एक्लोपन डर लाग्दो होइन— त्यो इमानदारीको मूल्य जस्तो लाग्छ। गगन थापा पूर्ण नेता होइनन्। तर उहाँ सुधारिन सक्ने नेता हुनुहुन्छ।

सुन्न सक्ने, आत्मालोचना गर्न सक्ने, र फेरि उठेर हिँड्न सक्ने नेता हुनुहुन्छ। आजको राजनीतिमा यही गुण सबैभन्दा दुर्लभ छ। उहाँलाई कमजोर पार्ने प्रयास देख्दा म एक व्यक्तिको बारेमा होइन, एक सम्भावनाको बारेमा चिन्तित हुन्छु। किनकि गगन कमजोर हुनु भनेको युवाले राजनीतिमा विश्वास गर्न छोड्नु हो। र युवाले विश्वास गुमाएपछि देश धेरै समय उभिन सक्दैन। म गगन थापालाई देवता बनाउँदिनँ। म उहाँलाई त्रुटिहीन पनि भन्दिनँ। तर म यति भन्छु— उहाँ जस्ता नेता अझै बाँकी छन् भने यो देश पूर्ण रूपमा हारिसकेको छैन।

गगन नाम मात्र होइन गगन हजारौ लामो दुरिका ताराहरू बिचमा एउटा चमकिला तारा हुन् गगन,गगन ब्यक्ति हैन बिचार हो गगन हाम्रो बिश्वार हो भरोसा हो आशा को किरण हो गगन नेपालि कांग्रेशको ब्राण्ड हो गगन, एक सिंगो प्रतिपक्ष हुन् गगन उभिएको ठांउमा संख्याले फरक पार्दैन् गगन बिनाको कांगेश राजनितिक बहस देखि ससंद हल खालि शुन्य हो, उहाँ हार नमान्ने आशाको प्रतिक हो।

तपाइँको प्रतिक्रिया ।