एउटा सामाजिक  विद्रोह-१ : हो आमा !क्षेत्रीको हारमा बसेर जन्तेवाख्रो खाएँ (ऋषिकेश भट्टराई)

एउटा सामाजिक  विद्रोह-१ : हो आमा !क्षेत्रीको हारमा बसेर जन्तेवाख्रो खाएँ (ऋषिकेश भट्टराई)

कपन अनलाइन

काठमाण्डौ ,पुस १५।

मेरो घर पूर्वीपहाडको ओखलढुंगा जिल्लाको सेर्नागाऊ पंचायत ‘ हाल चिसंखुगढी गाऊँ पालिका ।  २०४१ सालको माघ महिनाको अन्तिम हप्ता । मेरो दाजु अलिनाको नाति श्री गुरुप्रसाद दाहाल (जो रेन्जर पदमा जागिरे  ) उनैको विवाहमा जन्ती जानु पर्ने भो ।गुरुप्रसाद मेरो दाजुको नाति । बा खलकका मेरो दाइ जनकलाल भट्टराई को छोरीको छोरा । दाइले २० -२१ वर्षको उमेरमा बनारस गएर अध्ययन गर्दागर्दै नून परित्यक्त गरेर पन्डित भएर आउनुभएको थियो । त्यसैले वहाँ दाजुलाई ।   ‘अलिना ‘भन्ने गरिथ्यो ।मेरो पीता श्री २०४० साल तीरै दिवंगत हुनुभएको । दाजु अध्ययनको शिलशीलामा  काठमाडौ । म कान्छो छोरो भएपनि घरको नाइके  ।
अलिनाले पुराण समेत वाचन गर्नुहुन्थो । मेरो पीता श्रीको देहान्त पश्चात गरुण पुराण समेत वहाँले वाचन गर्नु भएको थियो ।  पूर्वीक्षेत्रमा अलिना पण्डीत भनेपछि सबैले सम्मान गर्ने गर्थे । हुन त मेरा पीताजी पनि ४० अध्याय रुद्री मुखाग्र गरेको पण्डित नै हो तर पुराण भन्न खोज्नु भएन वा पाउनु भएन ! मलाई त्यति याद भएन ।
जन्ती जाने भएपछि हामी खुशी नहुने कुरै थिएन ।  त्यस्तै विहानको नौ दश बजे ओखलढुंगाको धारापानीबाट  सोलुखुम्बुको सल्यान गाऊँ जन्ती प्रस्थान भयो पञ्चे वाजा  सहित बास बस्नेगरी । आजकल विवाह गर्दा सतप्रतिसत दिवा लग्न हुनगर्छ तर त्यस समय दिवा लग्नलाई कुम्ले विवाहको रूपमा बुझिन्थ्यो । म स्वभाविक रूपले ब्राम्हण परिवारको । मेरा छिमेकीहरु ब्राम्हण ‘ क्षेत्री  , जैशी ‘ वैश्य र सुद्रको समिश्रण थियो । तर धेरै जति ब्राम्हण – क्षत्री परिवार वाहुल्य थियो ।
हामी जन्ती जानुपर्ने स्थान करिव ४ देखि ५ घण्टा सम्मको बाटो थियो ।
खानिभन्ज्याङ्ग धारापानीदेखि नेचा बतासे हुदै सल्यान पुग्न उकाली ओराली पार गर्दै ५ बजेतिर जन्ती पुग्यो बेहुलीको घर अर्थात हुनेवाला नातिनी बुहारी कल्याण निरौलाको घर । कल्याणका दाजुहरु पुण्य प्रसाद ‘ ऋषिकेश आजतक भेट भै रहन्छ । पुण्यसर हेडमास्टर र ऋषिकेश प्रमुख जिल्ला अधिकारी हुनु भएर निवृत्त भइ बस्नु भएको छ ।  सामान्यतया जन्ती गएका केटाकेटी ‘ वृद्ध ‘ युवा गरी यस्तै १०० भन्दा माथि नै थियौ । त्यो समय महिला जन्ती जान वर्जित थियो । त्यो पनि रात बस्नेगरी । युवा – वृद्ध – केटाहरु अर्थात हामी ब्राम्हण समूह जतिले आफूले   धोतीपाटा लिएरै गएकोले  धोती फेरिकन भात खायौ बेहुला नातिसंगैको हारमा बसेर ।
गलेर थकित भएका हामी खानपाए पछि यसो हेर्दा हेर्दै आगनको परालमा निदाइयो । रातभर नातिको विहे हेर्नुको सट्टा निदाइयो । भोलिपल्ट विहान भो । खै यसो मुख धोएर गायत्रीमन्त्र जपेर जग्गे वरपर आइयो । अन्तिममा टिका लगाएर ५ रुपैया हुनुपर्छ पाइयो । अनि बेहुली अन्माउन लागे । नजिकै जन्तिका लागि जन्तेवाख्रो ( हुनत खसी नै काटिएको हुन्थ्यो तर जन्तीखसी भन्नुपर्ने ! ) पकाइएको थियो । खसी काटेर जन्तीलाई भरपेट खानदिने चलन धेरै जसो गाउघरमा थियो नै । कसैले एकछाक मात्र खान दिने त कसैले दुवै छाक खान दिने । हामीलाई पनि दुइछाक खान दिए । एक छाक सादा खाना अर्को छाक मासुखाना ।
अर्थात मासु भात । त्यस्तै १० बजेतिर हामी जन्ती भात खान तिर लागियो । अघिल्लो दिन जस्तै भोलिपल्ट पनि धोतिपाटा वेरेर गएको म। तर मलाई कक्षा आठमा अध्यापन गराउने शिक्षक श्री प्रेमकुमार थापाले – ए ऋषि ! आउ हामीसँगै बसेर भात खाउँ ‘ भन्नु भो । प्रेम सर ! मेरा आदरणीय दाइ समान अभिभावक हुनुहुन्थ्यो र मेरो पृयसर पनि हुनुहुन्थो । म श्री सरस्वती माध्यमिक विद्यालय खानी भञ्ज्याङमा कक्षा आठको विद्यार्थी । शायद वहाँले नि मलाई निक्कै ध्यान दिनुहुन्थ्यो । तर विडम्बना  २०४२ सालको जेठ महिनामा वहाँले आकस्मिक रूपमा हेदत्याग पो गर्नुभो ! अर्थात वहाँको स्थुल शरीर मात्र रह्यो । वहाँ वित्नु भयो (माफ पाऊ गुरु ! मृत्यु पश्चात तपाईको नाम उल्लेख गरे !) यस विषयमा पछि बोलौला ।
प्रेमसरले भनि सकेपछि मैले लगाई सकेको धोती फुकालेर झोलामा हाले अनि सर्टपेन्ट लगाएरै क्षेत्रीहरुको हारमा बसेर जन्ती वाख्रो खाइयो । साथमा श्रद्धेय गुरुवर ! श्री स्थीरप्रसाद कोइराला जो मेरो आदरणीय र सबैभन्दा बढ़ी डर मान्ने  गुरु (माफ पाऊ गुरुदेव ! नाम किट्नै पर्ने भो !) पनि हुनुहुन्थ्यो । मेरो  मन प्रशन्न थियो । भित्र कता कता ग्लानी भएपनि निर्धक्क भएर जन्तीबाख्रो खाएँ । अघिल्लो दिन बेहुलो नातिसँगै बसेर खाएको भोलिपल्ट क्षेत्रीको हारमा पुगेर / बसेर खाँए । त्यहाँ मेरा दाजु ‘ भतिज ‘ नातिहरु थिए ।
मलाई शुरुका दिन पढाउने भतिज श्री कुमारप्रसाद भट्टराई थिए । अन्य शिक्षकहरु पनि ।दाजु भानुभक्त ‘ लीलानाथ ‘ धर्म ‘ गोपी दाजुहरु अरुहरु गाउले क्षेत्री  ‘ जैसी ‘ नेवार ‘  कामी ‘  दमै ‘ सार्की दाइहरु पनि थिए भतिजहरु पनि थिए ।तर मैले कसैसँग गुनासो पनि गरिन । मलाई कसैले किन क्षेत्रीको हार याने लाइनमा बसेर भात खाइस ? पनि भनेन । अत्यन्त गर्वका साथ बेहुली नातिनी बुहारी सहित जन्ति फिर्ता भयो । सायद म बेहुला घरबाट फिर्ता हुदा वेलुकाको ४ -५ बजे भएको थियो होला । घरमा आए । खासै म काम केही नगर्ने । आमा हुनुहुन्थ्यो । एक जना दिदी पनि भएकाले मैले काम गर्न त्यति नपर्ने । नगर्ने पनि । गाई दुहुने र घाँस दिने काम हुन्थ्यो म बाट । रुखघाँस काट्न सक्ने थिएँ । यस्तै काम गर्दै थिए । भोलि पल्ट आमालाई कसैले कुरा लाइदिएछ – कान्छाले त जिउ छोड्यो । अर्थात कान्छाले हिजो जन्ती जाँदा धोति नलगाई / नफेरि क्षेत्रीको समूहमा बसेर जन्तीबाख्रो खायो ।
आमाले मलाई सोध्नुभो – कान्छा ! तैले जिउ छोडिस रे  हो ? मैले अत्यन्त सम्यमित हुदै भने – मैले कुरा बुझिन । के कुरा हो ? के हो जिउ छोडिस भनेको ? मैले पनि अलिक साखुल्ले बनी टोपले । आमा कड्किनु भो ! बढी बोल्छस् ‘ लुगा नफुकाली क्षेत्रीको हारमा बसेर भात खाइस भनेको !  गाली खाइयो । अहिले आएर मेरा छोरालाई यो कुरा सुनाउदा मलाई पो उल्लु बनाउछन । धोति पाटा भनेको के हो ? जन्ती भनेको के हो ? समाज कहाँबाट कहाँ पुग्यो ? क्रमशः
तपाइँको प्रतिक्रिया ।