नेतृत्व, सेवा र प्रेरणाको त्रिवेणी : PDG लायन अनन्त प्रसाद भेटवाल
-राजन श्रेष्ठ
५३औँ ISAME Forum, अहमदाबादमा अन्तर्राष्ट्रिय अध्यक्षद्वारा विशेष सम्मान अहमदाबाद, भारत ।
लायनिज्म पद, प्रतिष्ठा वा औपचारिक सम्मानमा सीमित नभई मानवताको सेवामा समर्पित जीवनशैली हो भन्ने मान्यतालाई कर्ममार्फत जीवन्त बनाउँदै आएका मल्टिपल डिस्ट्रिक्ट ३२५ नेपालका पूर्व डिस्ट्रिक्ट गभर्नर (PDG) लायन अनन्त प्रसाद भेटवाल भारतको गुजरात–अहमदाबादमा सम्पन्न लायन्स अन्तर्राष्ट्रियको ५३औँ ISAME Forum मा विशेष सम्मान तथा उच्च कदरबाट सम्मानित हुनुभएको छ। लायन्स अन्तर्राष्ट्रियका अध्यक्ष लायन ए. पी. सिंहले PDG लायन भेटवाललाई सम्मान प्रदान गर्दै उहाँलाई “लायनिज्ममा सेवाको साँचो नायक (Synonym of Service)” को संज्ञा दिनुभयो।
उहाँले PDG भेटवाल नेपालमा मात्र नभई अन्तर्राष्ट्रिय लायन्स समुदायका लागि पनि प्रेरणाको स्रोत बनेको उल्लेख गर्नुभयो। यो सम्मान कुनै एक कार्यकाल वा एक उपलब्धिको मान्यता मात्र नभई वर्षौँदेखि निरन्तर रूपमा गरिएको निःस्वार्थ सेवा, अथक परिश्रम, बहुआयामिक नेतृत्व र मानवप्रतिको गहिरो प्रतिबद्धताको अन्तर्राष्ट्रिय स्वीकारोक्ति भएको लायन्स नेताहरूले बताएका छन्।
PDG लायन अनन्त प्रसाद भेटवालको नेतृत्व प्रभाव डिस्ट्रिक्ट ३२५ ईमा मात्र सीमित नरही सम्पूर्ण मल्टिपल डिस्ट्रिक्ट ३२५ र नेपालभरि अनुभूत हुँदै आएको छ।
संकटका समयमा अग्रपंक्तिमा उभिएर नेतृत्व गर्नु, नयाँ पुस्ताका लायन्स नेताहरूलाई मार्गदर्शन र उत्प्रेरणा दिनु तथा संगठनलाई संस्थागत रूपमा सुदृढ बनाउँदै सेवाका कार्यक्रमहरूलाई दिगो बनाउनु उहाँका प्रमुख नेतृत्व विशेषताका रूपमा चिनिन्छन्। विशेषतः पदावधि समाप्त भएपछि समेत उहाँको सेवाप्रतिको सक्रियता, अनुशासन र विनम्र कार्यशैली झनै सशक्त रूपमा देखिएको छ।
पूर्व डिस्ट्रिक्ट गभर्नर भएर पनि निरन्तर मैदानमा सक्रिय रहँदै उहाँले प्रस्तुत गर्नुभएको प्रतिबद्धता आज नेपाल मात्र नभई विश्वभरका PDG हरूका लागि उदाहरणीय ‘Role Model’ बनेको छ।
यसको स्पष्ट प्रमाणस्वरूप, गत वर्ष उहाँले लायन्स अन्तर्राष्ट्रियको अत्यन्त प्रतिष्ठित “Club Opening Extension Award” प्राप्त गर्नुभयो। यस उपलब्धिले संगठन विस्तार, सदस्य वृद्धि र भविष्यकेन्द्रित नेतृत्वमा उहाँको दूरदर्शितालाई अन्तर्राष्ट्रिय स्तरमै स्थापित गरेको छ। यो सम्मान PDG भेटवालको व्यक्तिगत उपलब्धि मात्र नभई नेपाली लायनिज्मको सामूहिक गौरवका रूपमा लिइएको छ।
PDG लायन अनन्त प्रसाद भेटवालको सेवायात्राले अनगिन्ती परिवारहरूमा आशा जगाएको, युवाहरूलाई नेतृत्वको बाटो देखाएको र लायनिज्मलाई मानवताको वास्तविक सेवासँग मजबुत रूपमा जोडेको छ।
उहाँको सरलता, मृदुभाषिता र कामप्रतिको अटुट निष्ठाले उहाँलाई सफल नेता मात्र नभई असल मानवताको प्रतीक बनाएको छ। यस ऐतिहासिक सम्मानले नेपाली लायन्स समुदायलाई अन्तर्राष्ट्रिय मञ्चमा थप गौरवान्वित बनाएको छ।
अन्त्यमा, आदरणीय PDG लायन अनन्त प्रसाद भेटवाललाई यस पूर्णतः योग्य, सम्मानजनक र प्रेरणादायी उपलब्धिका लागि हार्दिक बधाई तथा शुभकामना। उहाँको सेवायात्रा अझ दीर्घ, प्रभावकारी र प्रेरणादायी रहोस् भन्ने कामना गरिएको छ।
