रोशी गाउँपालिकामा कर्मचारी आवस्यकता !
कपन अनलाइन
काठमाडौं,पुस ७।
रोशी गाउँपालिका, काभ्रेपलाञ्चोकले करार सेवामा पदपूर्ति गर्न सहायक चौथो तहका कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ। गाउँपालिकामा रिक्त रहेको पद खुला प्रतिस्पर्धामार्फत करार सेवामा पूर्ति गर्न लागिएको हो।
गाउँपालिकाद्वारा प्रकाशित सूचनाअनुसार सहायक चौथो तह (अ.न.मी.) पदमा १० जना कर्मचारी आवश्यक रहेको छ। उक्त पदका लागि दरखास्त शुल्क रु. ७०० तोकिएको छ।
सूचनामा उल्लेख भएअनुसार उम्मेदवारले मान्यता प्राप्त शैक्षिक संस्थाबाट अ.न.मी. उत्तीर्ण गरी नर्सिङ काउन्सिलमा दर्ता भएको हुनुपर्नेछ। साथै SBA, MA तथा RUOSG तालिम प्राप्त उम्मेदवारलाई प्राथमिकता दिइने जनाइएको छ।
उम्मेदवारको उमेर दरखास्त दिने अन्तिम मितिसम्म १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ भने महिलाको हकमा ४० वर्ष ननाघेको हुनुपर्नेछ।
दरखास्त दिने व्यवस्था
दरखास्त दिने अन्तिम मिति २०८२ असोज १९ गते कार्यालय समयभित्र तोकिएको छ। इच्छुक उम्मेदवारले रोशी गाउँ कार्यपालिकाको कार्यालय, प्रशासन शाखामा उपस्थित भई दरखास्त बुझाउन सक्नेछन्। साथै अनलाइनमार्फत आवेदन पेश गर्न चाहनेले आवश्यक कागजात स्क्यान गरी गाउँपालिकाको इमेलमा पठाउन सक्नेछन्।
छनोट प्रक्रिया
छनोट प्रक्रिया अन्तर्गत संक्षिप्त सूची प्रकाशन, लिखित परीक्षा तथा अन्तर्वार्ता सञ्चालन गरिनेछ। लिखित परीक्षाको मिति पछि तोकिने सूचनामा उल्लेख छ।
गाउँपालिकाले दरखास्त फाराम तथा विस्तृत विवरण www.roshimun.gov.np वेबसाइटबाट डाउनलोड गर्न सकिने जनाएको छ।
