इजिप्टमा पाँच जनालाई मृत्युदण्ड
कायरो, १५ कात्तिक । इजिप्टको एक अदालतले शनिबार पाँच जना अतिवादीलाई मृत्युदण्डको सजाय सुनाएको छ ।
ती १२ व्यक्तिहरु इस्लामिक स्टेट (आइएस) आतङ्ककारी समूहसँग आवद्ध रहेको आरोपमा सो सजाय सुनाइएको इजिप्टको मेना समाचार समितिले जनाएको छ ।
सन् २०१३ को मध्यतिर इजिप्टमा सैनिक कू गरी तत्कालीन राष्ट्रपति मोहम्मद मोर्सीलाई अपदस्थ गरी सैनिक शासन लागू भएको छ ।
सो शासनपछि सरकारका विरुद्धमा जारी आन्दोलन र विद्रोहमा परी सयौँ प्रहरी र सेनाको मृत्यु भएको जनाइएको थियो । त्यसपछि इजिप्टमा आतङ्ककारीको प्रवेश भएको सरकारको दाबी छ ।
ती अतिवादीहरुलाई सरकारले मृत्युदण्ड दिने गरेको छ । इजिप्टको राजधानी कायरोबाट उत्तरतर्फ पर्ने सार्कियामा अवस्थित अपराध सबन्धी मुद्धा हेर्ने एक अदालतले सो फैसला गरेको बताइएको छ ।
यसैगरी सरकारी दमनमा परी कम्तीमा पनि एक हजार भन्दा बढी मोर्सी समर्थक मारिनुको साथै हजाराँै पक्राउ परेका छन् । हाल पनि उनीहरु जेलमा नै छन् ।
गत केही दिनयता इजिप्टको उत्तरी प्रान्त सिनाईमा जारी भीषण सैनिक कारबाहीमा परी करिब २५० आतङ्ककारी मारिनुका साथै सोही सङ्ख्यामा पक्राउ परेका जनाइएको छ । रासस÷सिन्ह्वा