मधेस आन्दोलन समाधान गर्न नेकपा– माओवादीको माग
काठमाडौँ, १५ कात्तिक । नेकपा–माओवादीले भारतले गरेको अघोषित नाकाबन्दी र वर्तमान राजनीतिक समस्याको समाधान गर्नुपर्नेलगायत ११ बुँदे माग राख्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज ज्ञापनपत्र बुझाएको छ ।
पार्टी अध्यक्ष मोहन वैद्यको नेतृत्वमा आज अपराह्न प्रधानमन्त्री निवास बालुवाटार पुगेको टोलीले मधेस आन्दोलन, संविधान निर्माणमा देखिएका असन्तुष्टिलगायत मागको तत्काल सम्बोधन गर्न आग्रह गरेको छ ।
ज्ञापनपत्र बुझेपछि प्रधानमन्त्री ओलीले आफू सँधै राष्ट्रियताका पक्षमा रहेको बताउँदै यसको समाधान चाँडो गर्ने विश्वास दिलाएको अध्यक्ष वैद्यले बताउनुभयो ।
ज्ञापनपत्र बुझाउन माओवादीका स्थायी समिति सदस्य पम्फा भुसाल, सिपी गजुरेल, हितमान शाक्य, वसन्त सिग्देल र हरिभक्त कँडेल बालुवाटार पुग्नुभएको थियो ।
तपाइँको प्रतिक्रिया ।