नेकपा एमालेको केन्द्रीय सदस्यमा उद्धव खरेलको उम्मेद्वारी
कपन अनलाइन
काठमाण्डौ, मंसिर २९।
नेकपा एमालेका बागमती प्रदेस कमिटी सदस्य उद्दव खरेलले केन्द्रीय सदस्य पदमा उम्मेद्वारी दिएका छन।
नेकपा एमालेको ११ औ महाधिवेसनमा उपत्यका विशेष प्रदेस क्लस्टर तर्फ खुल्ला सदस्यमा उम्मेद्वारी दिएका खरेल बुढानिलकण्ठ नगरपालिकाका प्रथम नगर प्रमुख समेत हुन्।
२० ५४ सालमा १६ वर्ष लामो शिक्षण यात्रा छोडेर साविक चपली गाउँ विकास समितीको अध्यक्ष पदमा निर्वाचित भएका उनले नेकपा एमालेका विभिन्न जिम्मेवारी बहन गर्दै आएका छन।
नेकपा एमाले काठमाण्डौ क्षेत्र नं ४ बाट महाधिवेसन प्रतिनिधिमा निर्वाचित भएका खरेलले सहयोगका लागि सम्पूर्ण महाधिवेसन प्रतिनिधिहरुमा अनुरोध गरेका छन।
तपाइँको प्रतिक्रिया ।
