महाधिवेसन प्रतिनिधिमा बुढानिलकण्ठको प्रभाव :सचिव र उपसचिवलाई लोकप्रिय मत,इन्चार्ज विजयी
कपन अनलाइन
काठमाण्डौ ,मंसिर २०।
नेकपा एमालेको ११ औ महाधिवेसनका लागि मंसिर १३ गते भएको प्रतिनिधि छनौटको निर्वाचनमा बुढानिलकण्ठ नगर कमिटीले प्रभावशाली प्रतिनिधित्व सुनिस्चित गरेको छ।
काठमाण्डौ क्षेत्र नं ४ का १२ शाखा कमिटी मध्ये ८ वटा वडा कमिटी रहेको बुढानिलकण्ठका चार जना महाधिवेसन प्रतिनिधिमा निर्वाचित भएका छन।
काठमाण्डौ क्षेत्र नं ४ मा लामो समयदेखि क्रियाशील रहेका कतिपय क्षेत्रीय राजनीतिमा प्रभावशाली भनिएका नेताहरु पराजित बन्दा नगर कमिटी सचिव श्री कृष्ण श्रेष्ठ र उपसचिव सुनिता गुरुङले आ आफ्नो क्लस्टरमा लोकप्रिय मत ल्याएर विजयी बनेका छन।
काठमाण्डौ क्षेत्र नं ४ मा भएको निर्वाचनमा ७२८ मत खसेको थियो जसमा ३४४ मत ल्याउदै नगर कमिटीकी उपसचिव लोकप्रिय मत सहित विजयी बनेकी छन भने सचिव श्री कृष्ण श्रेष्ठले २४९ मत सहित खुल्ला क्लस्टरमा लोकप्रिय मत प्राप्त गरेका छन।
त्यस्तै नेकपा एमाले बागमती प्रदेस कमिटी सदस्य तथा बुढानिलकण्ठ नगर कमिटी इन्चार्ज उद्धव खरेल २१२ मत सहित विजयी बनेका छन भने युवा क्लस्टरमा २२१ मत सहित वडा नं ११ कमिटीका उपाध्यक्ष प्रकास कटवाल विजयी बनेका छन।
यसैगरी महिला तर्फ १८३ मत सहित काठमाण्डौ महानगरपालिका वडा नं ७ की सरस्वती कार्की विजयी बनेको सो निर्वाचनमा बागमती प्रदेसका यातायात ,श्रम तथा रोजगार मन्त्रि जयराम थापा पराजित बनेका छन।उनले २०१ मत प्राप्त गरेका थिए।
काठमाण्डौ क्षेत्र नं ५ बाट महाधिवेसन प्रतिनिधिको उम्मेदवार बनेका नगर कमिटी अध्यक्ष प्रदिप डंगोलले बुढानिलकण्ठका ५ वडाबाट सर्वसम्मत समर्थन पाए पनि २६९ मत ल्याउदै पराजित बनेका छन भने काठमाण्डौ क्षेत्र नं ४ बाट उम्मेदवार बनेका नगर कमिटी उपाध्यक्ष शम्भु प्रसाद भट्टराईले ४३ मत प्राप्त गर्दै पराजय बेहोरेका छन।
पुर्व रास्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एमालेका स्थायी कमिटी सदस्य डा.राजन भट्टराईको निर्वाचन क्षेत्रमा भएको महाधिवेसन प्रतिनिधि निर्वाचनमा साविक गाविसका संरचना सक्रिय बनेको आभाष भएको चर्चा पनि चल्ने गरेको छ।
