चार मुक्तक : नेतिगेन याकथुङ
कपन अनलाइन
काठमाडौं ,मंसिर १८।
मुक्तक १
मनको आशाहरू सबै मारेर रोएँ
वलिन्द्र आँशु धारा झारेर रोएँ
तिमीले त्यो विश्वास तोडेपछि,
जीवन देखि आज हारेर रोएँ ।
मुक्तक २
भञ्ज्याङमा तिमीलाई बोलाउँदै बसेँ
गलेर सारा शरीर त्यसै लोलाउँदै बसेँ
कैयौँ यादहरू आएपनि तिमी आएनौ,
एकोहोरो आकाश हेरेर टोलाउँदै बसेँ ।
मुक्तक ३
सम्झेनौ कि सानु, बाडुली लाको छैन
सञ्चो बिसञ्चो खवर क्यै आको छैन
बोलाउनै छाडेदेखि तिमीले आजकल,
सधैँ वस्ने भञ्ज्याङ पनि धाको छैन ।
मुक्तक ४
मलाई तिमीलाई मात्र बोलाउने चाहा हुन्छ
तिमी धेरै नै माया गर्र्छाै त्यो पनि थाहा हुन्छ
तर, एउटा कुरा बुझ्न गाह्रो भाको छ मलाई,
वतासले छुँदा तिम्लाई ममा किन डाहा हुन्छ ?
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
