सहमती र सहकार्यका लागि मैले उम्मेदवारी फिर्ता लिएको छु : राजेन्द्र श्रेष्ठ

सहमती र सहकार्यका लागि मैले उम्मेदवारी फिर्ता लिएको छु : राजेन्द्र श्रेष्ठ

कपन अनलाइन

काठमाण्डौ ,मङ्सिर १२।

नेकपा एमाले काठमाडौं जिल्ला कमिटि सदस्य एवम बुढानिलकन्ठ -२ का वडाध्यक्ष राजेन्द्र श्रेष्ठले आफ्नो महाधिवेशन प्रतिनिधिको उम्मेदवारी फिर्ता लिएका छन।

काठमाडौं  क्षेत्र नं ४ मा नेकपा एमाले भित्रको एकता र सर्वसम्मतिका लागि आफुले उम्मेदवारी फिर्ता लिएको  बताउदै श्रेष्ठले सम्पूर्ण उम्मेदवारहरुलाई लचिलो बन्दै सहमति गर्नका लागि आग्रह समेत गरेका छन।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा बुढानिलकण्ठ नगरपालिका वडा नं २ को सदस्य र २०७९ सालको निर्वाचनमा वडा अध्यक्ष पदमा निर्वाचित भएर जनप्रतिनिधिका रुपमा सक्रिय रहेका श्रेष्ठले महाधिवेसन प्रतिनिधिमा उम्मेद्वारी दिने तयारी गरेका हुन्।

लामो समयदेखि नेकपा एमालेको संगठन विस्तार र निर्माणमा सक्रिय रहेका श्रेष्ठ २०७४ मा वडा कमिटी सचिव र १०७९ मा अध्यक्षका रुपमा पनि क्रियाशील रहेका थिए।

तपाइँको प्रतिक्रिया ।