म कुनै पनि हालतमा महाधिवेशन प्रतिनिधि छनौटको मैदान छाडने पक्षमा छैन :राजन कुमार पोखरेल
कपन अनलाइन
काठमाण्डौ ,मङ्सिर १२।
लामो समय देखि नेकपा एमालेका हरेक मोर्चामा सक्रिय रहेका नेता राजन कुमार पोखरेलले आफु महाधिवेसन प्रतिनिधिको स्वाभाविक दावेदार रहेकोले मैदान छाडने पक्षमा नरहेको बताएका छन।
मजदुर आन्दोलन देखि नेकपा एमाले काठमाण्डौ क्षेत्र नं ४ मा दशकौ देखि विभिन्न् महत्वपूर्ण जिम्मेवारी बहन गरेका पोखरेलले यस पटक क्षेत्रका पार्टी सदस्यहरुले आफुलाई विस्वास गर्ने बताउदै भोलि चाबहिलको ए वन पार्टी प्यालेसमा हुने निर्वाचनमा भाग लिनका लागि सम्पूर्ण सदस्यहरु;लाई अनुरोध समेत गरेका छन।
करिव २५ वर्ष देखि सहकारी क्षेत्रमा सक्रिय रहेका पोखरेल यस अघि नेकपा एमाले बुढानिलकण्ठ नगर कमिटीको सचिव समेत रहिसकेका छन।
नेकपा एमाले काठमाण्डौ क्षेत्र नं ४ का पुर्व सदस्य तथा सहकारी विभाग प्रमुख समेत रहेका पोखरेल नेपाल ह्यान्डबल संघका उपाध्यक्ष समेत रहेका छन।
स्थानीय तहको निर्वाचन परिचालन कमिटीको सचिवालय सदस्य तथा अनुगमन समिति प्रमुख रहेर सफलतापुर्वक जिम्मेवारी बहन गरेका पोखरेल राजनीति संगै विभिन्न व्यवसायिक र सामाजिक संघ संस्थाहरु संग आवद्ध रहेका छन।
बुढानिलकण्ठ नगरपालिकाका ८ वडा रहेको प्रदेस क्षेत्र नं २ का संयोजक समेतरहिसकेका पोखरेललाई स्वाभाविक र शशक्त दावेदार मानिएको छ ।
