कार्यकर्ताले विस्वास गर्नेमा ढुक्क छु,अब चुनावी मैदान छोड्दिन : धुर्व प्रसाद भट्टराई
कपन अनलाइन
काठमाण्डौ ,मङ्सिर १२।
नेकपा एमालेका नेता धुर्व प्रसाद भट्टराईले मङ्सिर १३ गते हुने महाधिवेसन प्रतिनिधि चयनका लागि हुने निर्वाचनको मैदानमा उत्रिएको र कुनै पनि हालतमा नछोड्ने बताएका छन।
निरन्तर पार्टी काममा सक्रिय रहदा पनि अवसर र जिम्मेवारीबाट पटक पटक बन्चित गरिएका भट्टराईले यस पटक कुनै पनि आस्वासन र झुटा प्रलोभनमा नपर्ने बताएका छन।
लामो समयदेखि नेकपा एमालेको संगठनमा सक्रिय रहेका भट्टराई पचासको दशकमा नेकपा एमाले काठमाण्डौ महानगरपालिका वडा नं ७ को सह सचिव रहेर निर्वाचन परिचालनमा सक्रिय रहेका रहेका थिए।
विगतमा नेकपा एमाले काठमाण्डौ क्षेत्र नं ४ को क्षेत्रीय सदस्यमा निर्वाचित भएर वडा इन्चार्जको जिम्मेवारी बहन गरिसकेका भट्टराई बुढानिलकण्ठ नगर कमिटीको सदस्य तथा वडा नं १० को इन्चार्ज समेत रहिसकेका छन।
हाल सम्म नेकपा एमालेमा देखिएको विभाजन र विवादमा सधै पार्टीको पक्षमा उभीएको इतिहासको कदर यस पटक काठमाण्डौ क्षेत्र नं ४ का पार्टी सदस्यहरुले महाधिवेसन प्रतिनिधिमा निर्वाचित गराउने विस्वास रहेको बताउने भट्टराई नेकपा एमाले काठमाण्डौ जिल्ला विभागको सचिव रहेर समेत कम गरिसकेका छन।
