काठमाण्डौ क्षेत्र नं ४ को महाधिवेसन प्रतिनिधिमा संगम गहतराजको उम्मेद्वारी,निर्वाचनमा जाने तयारी
कपन अनलाइन
काठमाण्डौ ,मङ्सिर ११।
काठमाण्डौ क्षेत्र नं ४ को महाधिवेसन प्रतिनिधिमा संगम गहतराजको उम्मेद्वारी दिएका छन।
साविक प्ररायु संघको आधारभूत तह देखि संगठित भएर नेकपा एमालेको आन्दोलनमा सक्रिय रहदै विभिन्न जिम्मेवारी बहन गरेका गहतराजले यस पटक निर्वाचनमा गएर भएपनि महाधिवेसन प्रतिनिधिमा चयन हुने तयारी गरेका छन।
लामो समय नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटीमा रहेर काम गरेका सुनार नेकपा एमाले बुढानिलकण्ठ नगर कमिटीको सचिव ,सह संयोजक हुदै संयोजक समेत बनेका थिए।
बुढानिलकण्ठ नगरपालिका वडा नं ११ का स्थायी बासिन्दा रहेका सुनारले २०७४ सालको स्थानीय तहमा नगर कार्यपालिका सदस्यमा निर्वाचित बन्दै विधायन समिति संयोजकको भूमिका निर्वाह गरेका थिए।
नेकपा एमालेको बागमती प्रदेस कमिटी सदस्यका रुपमा काम गरिसेका गहतराज हाल प्रदेश सल्लाहकार रहेका छन भने उनले मुक्ति समाजको केन्द्रीय सदस्यका रुपमा पनि योगदान पुर्याएका छन।
