काठमाण्डौ क्षेत्र नं ४ को युवा क्लस्टरबाट महाधिवेसन प्रतिनिधिमा प्रकाश कटवालको उम्मेद्वारी
कपन अनलाइन
काठमाण्डौ ,मङ्सिर ११।
काठमाण्डौ क्षेत्र नं ४ को युवा क्लस्टरबाट महाधिवेसन प्रतिनिधिमा प्रकाश कटवालले उम्मेद्वारी दिएका छन।
नेकपा एमालेको ११ औ महाधिवेसनका लागि यहि मङ्सिर १३ गते हुने प्रतिनिधि छनौटक निर्वाचनमा उम्मेदवार बनेका कटवाल लामो समय देखि विभिन्न जिम्मेवारीमा सक्रिय रहेका छन।
२०६२ सालमा पशुपति क्याम्पस अनेरास्ववियुबाट राजनीतिक सुरुवात गरी २०६३ सालमा युवा संघ नेपाल कपन गाउँ कमिटी कोषाध्यक्ष रहेका कटवाल लामो समय देखि राजनीतिक संगै समाजसेवामा पनि सक्रिय रहेका छन।
नेकपा एमाले बुढानिलकण्ठ नगरपालिका वडा नं ११ कमिटीमा दुई पटक उपाध्यक्ष रहेर काम गरिसकेका कटवालले मङ्सिर १३ गते हुने प्रतिनिधि छनौटको चुनावमा सहयोग गर्नका लागि सम्पूर्ण पार्टी सदस्यहरुलाई अनुरोध समेत गरेका छन।
तपाइँको प्रतिक्रिया ।
