किसानहरूको अल्टिमेटमः १३ गतेसम्मअनुदान रकम भुक्तानी नभए सशक्त आन्दोलनमा उत्रिन्छौं
कपन अनलाइन
काठमाण्डौ ,मङ्सिर १०।
नेपाल उखु उत्पादक महासंघले आगामीमंसिर १४ गतेदेखि पुनःआन्दोलन सुरु गर्ने चेतावनी दिएको छ ।मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनगर्दै उखु उत्पादक किसानहरुले मंसिर १३ गते भित्र आफूहरुले पाउनुपर्ने करिब ७५ करोड अनुदान भुक्तानी नपाएको खण्डमा र उखुको प्रति क्विन्टल ७५० कायमनगरिएमा आन्दोलनमा उत्रिने बताएका हुन् ।
‘विगत सालको ३५ रुपैयाँप्रति क्विन्टलको दरले हुनआउने ७५ करोड अनुदान रकम हाम्रो बाँकी छ । त्यो अनुदान रकमयहि १३ गतेभित्र भुक्तानी गरिनुपर्छ भन्ने माग हामीले राखेका छौं,’– महेशचन्द्र यादवले भने ।
उखुको उत्पादन मूल्यलागतको आधारमा चिनीको बजार मूल्यलाई समेत दृष्ट्रिगत गरी नेपाल सरकार, चिनी उद्योगका प्रतिनिधि र किसानका प्रतिनिधिहरु बसेर मूल्य निर्धारण गर्नुपर्ने किसानहरुको माग रहेको छ ।
उखु किसानहरुले आज कृषिमन्त्री डा.मदन परियारमार्फत प्रधानमन्त्री कार्यालय र अर्थ मन्त्रालयलाई पनि ज्ञापनपत्र बुझाएका छन् । उखु किसानहरुको माग पूरा नगरिए मंसिर १४ गते सर्लाहीको हरिवनमा राष्ट्रिय राजमार्ग एक घण्टा जामगरिने र १५ गतेदेखि एक लाखकिसान परिवारको प्रतिनिधित्वगर्दै सर्लाहीको हरिवनमा अनिश्चितकालीन राजमार्ग अवरुद्ध गरेर सरकारलाई मागहरु पूरा गराउन बाध्य गराइने बताइएको छ ।
