काठमाण्डौ क्षेत्र नं ४ को युवा क्लस्टरबाट महाधिवेसन प्रतिनिधिमा सुजन गिरीले उम्मेद्वारी दिने
कपन अनलाइन
काठमाण्डौ ,मङ्सिर ७।
नेकपा एमाले बुढानिलकण्ठ नगरपालिका वडा नं १ का सह सचिव सुजन गिरीले ४० वर्ष मुनिको युवा क्लस्टरबाट महाधिवेसन प्रतिनिधिमा उम्मेद्वारी दिने तयारी गरेका छन।
रास्ट्रीय युवा संघ नेपाल बागमती प्रदेस कमिटी सदस्य रहेका गिरीले काठमाण्डौ क्षेत्र नं ४ का युवाहरुको गर्विलो उपस्थितिका लागि महाधिवेसन प्रतिनिधिमा उम्मेद्वारी दिन लागेको बताएका छन।
वडा नं १ का स्थायी बासिन्दा गिरि राजनीति संगै विभिन्न संघ संस्था र व्यवसायिक क्षेत्रमा स्थापित युवा हुन् जसले स्थानीय तहको निर्वाचनमा नेकपा एमालेलाई विजयी बनाउनका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
तपाइँको प्रतिक्रिया ।
