नयाँलाई प्राथमिकता दिनुपर्छ भन्ने माग सहित प्रतिनिधिमा मेरो उम्मेद्वारी रहन्छ :मुरारी भण्डारी

नयाँलाई प्राथमिकता दिनुपर्छ भन्ने माग सहित प्रतिनिधिमा मेरो उम्मेद्वारी रहन्छ :मुरारी भण्डारी

कपन अनलाइन

काठमाण्डौ ,मङ्सिर ७।

नेकपा एमाले बागमती प्रदेस सहकारी विभाग सदस्य मुरारी भण्डारीले यस पटक नयाँ उम्मेदवारलाई प्राथमिकता दिनुपर्ने माग सहित महाधिवेसन प्रतिनिधिमा आफ्नो उम्मेद्वारी रहने बताएका छन।

लामो समय देखि राजनीतिक र सहकारी आन्दोलनमा सक्रिय रहेका भण्डारीले राष्ट्रसेवामा समर्पित हुने चाहना राख्ने व्यक्तिले “पार्टी हाक्छु” भन्ने अहंकारभन्दा पनि “पार्टीलाई अगाडि बढाउन कसरी योगदान दिन सक्छु” भन्ने सोच राख्न जरुरी रहेको बताएका छन।

पटक–पटक प्रतिनिधि भएर अनुभव समेट्नुभएका वरिष्ठ नेताहरूलाई सम्मान गर्दै, नयाँ पुस्तालाई अवसर दिने परम्परा बसे राम्रो हुने धारणा राख्दै नेता भण्डारीले सन्तुलित सहभागिता र नेतृत्व हस्तान्तरणको संस्कार स्थापित गर्न जेष्ठहरूले एउटा कदम पछाडि हटेर मार्ग प्रशस्त गर्नुपर्ने बताएका छन।

तपाइँको प्रतिक्रिया ।