काठमाण्डौ क्षेत्र नं ४ बाट महाधिवेसन प्रतिनिधिमा उम्मेद्वारी दिने लक्ष्मी प्रसाद संग्रौलाको तयारी

काठमाण्डौ क्षेत्र नं ४ बाट महाधिवेसन प्रतिनिधिमा उम्मेद्वारी दिने लक्ष्मी प्रसाद संग्रौलाको तयारी

कपन अनलाइन

काठमाण्ड,मङ्सिर ७।

नेकपा एमाले बुढानिलकण्ठका नेता लक्ष्मी प्रसाद संगौलाले   ११ औ महाधिवेसनमा प्रतिनिधिका लागि उम्मेद्वारी दिने तयारी गरेका छन।

नेकपा एमाले जिल्ला सचिवालय सदस्य तथा बुढानिलकण्ठ नगरपालिका इन्चार्ज रहिसकेका संग्रौलाले १० औ महाधिवेसनमा प्रतिनिधि दावी गरेपनि सहमतिका लागि आफ्नो दावी फिर्ता गरेका थिए । तर यसपटक भने निर्वाचनमा जाने परिस्थिति बने पनि आफ्नो उम्मेद्वारी रहने बताउदै उनले आन्तरिक छलफललाई तीव्रता दिएका छन

नेकपा एमाले काठमाण्डौ क्षेत्र नं ४ को उपाध्यक्षको जिम्मेवारी बहन गरिसकेका संग्रौला लामो समय देखि नेकपा एमालेको संगठन विस्तार र निर्माणमा सक्रिय रहदै आएका छन।

सहकारी तथा सामाजिक सेवामा समेत क्रियाशील रहेका उनि हाल बुढानिलकण्ठ नगरपालिकाको सार्वजनिक जग्गा संरक्षण समितीको संयोजक समेत रहेका छन।

तपाइँको प्रतिक्रिया ।