काठमाण्डौ क्षेत्र नं ४ बाट महाधिवेसन प्रतिनिधिमा उम्मेद्वारी दिने विदुर विक्रम खड्काको तयारी

काठमाण्डौ क्षेत्र नं ४ बाट महाधिवेसन प्रतिनिधिमा उम्मेद्वारी दिने विदुर विक्रम खड्काको तयारी

कपन अनलाइन

काठमाण्ड,मङ्सिर ६।

बुढानिलकण्ठ क्षेत्र विकास समितीका अध्यक्ष विदुर विक्रम खड्काले  नेकपा एमालेको ११ औ महाधिवेसनमा प्रतिनिधिका लागि उम्मेद्वारी दिने तयारी गरेका छन।

चार दशक भन्दा बढी नेकपा एमालेमा निरन्तर सक्रिय रहे पनि हाल सम्म कुनै पनि लाभको पदमा अवसर नपाएका खड्काले  यस पटक पनि महाधिवेसन प्रतिनिधिमा जाने तयारी गरेका छन।

बुढानिलकण्ठ नगरपालिकामा सर्वदलीय संयन्त्रको प्रतिनिधि हुँदा गरेको काम र लिएको पहलकदमीका कारण  “विदुर बेग” को उपनाम पाएका खड्काले पंचायत कालिन अवस्था देखि नै कम्युनिस्ट आन्दोलनको विस्तारमा योगदान पुर्याएका थिए।

नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटी सदस्य तथा  क्षेत्र नं ४ को संयोजकरहिसकेका  खड्काले आफ्नो सामाजिक संजाल मार्फत बुढानिलकण्ठ विकासको अवधारणा समेत सार्वजनिक गर्दै आएका छन।

नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटीका पुर्व कार्यालय सचिव समेत रहेका खड्काले नगरपालिकाका धेरै शाखा कमिटी र जन संगठनहरुको आफुलाई समर्थन रहेको बताउदै यस पटक पार्टीले मौका दिनेमा विस्वस्त रहेको धारणा राखेका छन।

तपाइँको प्रतिक्रिया ।