विद्रोहको आवाज : पवनकुमार बुढाथोकी (कविता )

विद्रोहको आवाज : पवनकुमार बुढाथोकी (कविता )

कपन अनलाइन

काठमाण्ड,मङ्सिर ६।

आन्दोलन
सफल भए
साधन स्रोत
र अवसर
विवेकीका
अधीनमा हुन्छ
मरे
शोषितपिडित
र दलितजस्ता
उपेक्षित वर्गले
मानवोचित व्यवहार पाउँछन्
अन्यायअत्याचार
भ्रष्टाचार
कुशासनका
पात्रहरूलाई पन्छाउने निहुँ
सामान्यलाई मिल्छ भन्दै
कलिला जेन्जीले
आन्दोलनको रणमैदानमा उत्रिए
यी जेन्जी
न त
कुनै जात
धर्म
क्षेत्र
र दलका थिए
थिए भने
सबैका थिए
यी निस्वार्थी
जेन्जीमध्ये
कसैका
टाउकामा गोली लाग्यो
कसैका
आँखा फुटे
कसैका
छाती नै प्वाल प¥यो
देश
र जनताका
सुरक्षाका जिम्मा लिनु पर्नेबाट नै
हुन सम्मको ज्यादती भयो
रक्षकका बुलेटका
निसाना नपर्नु पर्ने
ठाउँमा प¥यो
तामाका मुनाजस्ता
कलिला स्कुले
केटाकेटीले समेत
सहागत प्राप्त गरे
नहुनु पर्ने कुरा भयो
त्यही तोडमा
देश बहुलायो
मान्छे बहुलाए
देशको मुटु
सिंहदरबार मात्र होइन
अदालत
र संसदसमेत जलेर
खरानी भयो
जसलाई
यिनका जिम्मा लगाइएको थियो
उही नै उपद्रो गरेर
कुलेलम ठोकेपछि
जनताका जिउधनका
सुरक्षा हुने त
आशै भएन
राजधानी मात्र होइन
सम्पूर्ण मुलुक नै
अभिभावकहीन
टुहुरोजस्तो भयो
सामान्य जनतालाई
कस्तालाई सत्ता
र शक्ति सुम्पिएछ भनेर
निधारमा हात लगाउनुको
विकल्प रहेन
बुध्दिजीवी पेशाकर्मी
आफूले आफूलाई
‘ठुलो गाँस निल्न गइथिस्
चोक्टा अड्किएर मरिस’ भन्दै
आफूले आफैँलाई
लोप्पा खुवाउन थाले
लाटाले पनि बुझ्ने
कुरा हो
यो सबै नेतृत्व वर्गकै
अकर्मण्यताले हो
अगुवाले नै बाटो
हगुवाको मार्ग पच्छ्याएर नै
गरिब
विपन्न
र दूरदराजकालाई
सामान्य ज्वरो आउँदा
सिटामोल किनी खाने
उपाय भएन
विदेश नगए
ज्यान नै पनि
धान्न मुस्किल पार्दै
देश जिम्मा लिनेले
यिनीहरूले नै
नागरिकलाई
हुनेखाने
र निमुखा वर्गमा
छुट्याई दिए
निमुखाले
शक्ति
र पदमा बस्नेका मात
चुरीफुरी कति पो हेर्नु
हुन पनि
जो अरूको सेवा गर्छु
देशको स्वास्थ्य सपार्छु भनेर
अलाप्दै
नेतृत्वमा पुग्यो
उही नै स्वास्थ्य बिग्रेको निहुँमा
विदेश धाउन धालेपछि
सामान्यले
कसको मुख हेरेर
चित्त बुझाउने
ऊ मात्र होइन
त्यसको निहुँमा
लावालस्कर नै लिएर
विदेश छिर्ने प्रवृत्ति पो
देखा पर्न थाल्यो
यसैबाट बुझिन्छ
देशको स्वास्थ्य
बनाउनेले कस्तो बनाएछन्
आफैँले आफूलाई नै
विश्वास गर्न नसक्ने
कस्तो पो अवस्था बनाएछन्
यो देशको
हो यस्तै…
यस्तै विकृति
विसङ्गति
भ्रष्टाचार
र कुशासनको
अन्त्यका लागि
उठेको हो
विद्रोहको आवाज !
विभेदका अन्त्यका लागि
उठेको हो
विद्रोहको आवाज !
हुनेखानी
र निमुखाबिचको
अन्तर घटाउन जन्मेको हो
विद्रोहको आवाज !!

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।