काठमाण्डौ क्षेत्र नं ४ बाट महाधिवेसन प्रतिनिधिमा उम्मेद्वारी दिने उद्धव खरेलको तयारी
कपन अनलाइन
काठमाण्ड,मङ्सिर ५।
नेकपा एमाले बागमती प्रदेस कमिटी सदस्य उद्धव प्रसाद खरेलले महाधिवेसन प्रतिनिधिमा उम्मेद्वारी दिने तयारी गरेका छन।
नेकपा एमालेको ११ औ महाधिवेसनमा काठमाण्डौ क्षेत्र नं ४ बाट प्रतिनिधिमा उम्मेद्वारी दिने तयारी गरेका खरेल बुढानिलकण्ठ नगरपालिकाका प्रथम नगर प्रमुख समेत हुन्।
नेकपा एमालेको इकाई स्तर देखि प्रदेस तह सम्मको संगठनात्मक अनुभव रहेका खरेल काठमाण्डौ क्षेत्र नं ४ को प्रमुख रहेर काम गरिसकेका नेता हुन।
२०५४ सालको स्थानीय निकायको निर्वाचनमा साविक चपली गाउँ विकास समितीको अध्यक्षमा निर्वाचित भएका खरेल बुढानिलकण्ठ नगरपालिका वडा नं २ का स्थायी बासिन्दा हुन।
काठमाण्डौ क्षेत्र नं ४ को प्रतिनिधि छनौटलाई लक्षित गर्दै विभिन्न स्थानमा भेला तथा बैठक भएको सामाजिक संजालमा चर्चा चलेको समयमा खरेलको तयारीले स्थानीय एमाले राजनीतिमा निकै तरंग पैदा गरेको छ।
काठमाण्डौ क्षेत्र नं ४ बाट महाधिवेसन प्रतिनिधि भएको अवस्थामा केन्द्रीय कमिटी सदस्यमा दावी गर्ने सम्भावना रहेको बताउदै एक नेताले खरेल संगै ५ जना महाधिवेसन प्रतिनिधिका लागि दर्जन भन्दा बढी आकांक्षीहरु हुने सम्भावना बढेको जानकारी दिएका छन।
यहि मङ्सिर १३ गते हुने प्रतिनिधि छनौटका लागि ९ गते उम्मेद्वारी दर्ता गरिने नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटीले जानकारी दिएको छ।
