१७ औं टीआईए कप अन्तरविद्यालय बास्केटबल : आयोजक टीआईए क्वाटरफाइनलमा पुग्यो

१७ औं टीआईए कप अन्तरविद्यालय बास्केटबल : आयोजक टीआईए क्वाटरफाइनलमा पुग्यो

कपन अनलाइन

काठमाण्डौ ,कार्तिक २६।

आयोजक ठुङ्गरम इन्टरनेसनल एकेडेमी (टीआईए) १७ औं टीआईए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजमा बुधबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
हात्तीगौडास्थित घरेलु कोर्टमा टीआईएले युरो स्कुललाई ५३–२८ ले सहजै पराजित ग¥यो । टीआईएका रोशन नगरकोटीले १९ अंक जोडे ।
ब्वाइजमै कन्स्टिलेसनलले स्किब्सले ४७–३६, भ्याली पब्लिकले अपीलाई ४८–३० र हेम्सले एलआरआईलाई ५९–१९ ले हराउदै क्वाटरफाइनलमा पुगेका छन  ।

कन्स्टिलेसनका सुदिन तामाङले १४, भ्याली पब्लिकका अशोक बिकले १२ र हेम्सका आशुतोष यादवले १७ स्कोर गरेका थिए  ।ब्वाइजकै अन्य प्रिक्वाटरफाइनलमा विल्सन एकेडेमीले बीएमसीएलाई ३७–२७, निम्सले ग्रिनल्यान्डलाई ६४–२६, ज्ञान निकेतनले दुर्गा भवानी एकेडेमीलाई ४३–३६ र एसएमडीले भीएस निकेतनलाई ३७–१९ ले पाखा लगाउदै क्वाटरफाइनलमा स्थान पक्का गरे । विल्सनका रेहान डंगोलले १७, निम्सका सुवास हिमालले १८, ज्ञान निकेतनका दिप्सन अधिकारीले १४ र एसएमडीका लाजेन शेर्पाले ७ अंक जोडे ।

तपाइँको प्रतिक्रिया ।