श्री जनकल्याण माध्यमिक विद्यालयमा शिक्षक आवस्यकता !
कपन अनलाइन
काठमाण्डौ ,कार्तिक २४।
श्री जनकल्याण माध्यमिक विद्यालय, वेसीशहर नगरपालिका–११, तिल्हारले माध्यमिक तह (तृतीय) सामाजिक विषयका लागि शिक्षक दरखास्त आह्वान गरेको छ। विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार दरखास्त माग गरिएको हो।
विद्यालयले २०८२ साल कार्तिक २३ गते प्रकाशित सूचनामा उल्लेख गरेअनुसार दरखास्त दिने अन्तिम मिति २०८२ साल मंसिर ३० गते सम्म रहेको छ।
मुख्य विवरणहरू यसप्रकार छन्:
-
पद: शिक्षक
-
तह: निम्न माध्यमिक तह
-
विषय: सामाजिक
-
शैक्षिक योग्यता: कक्षा १२ वा सो सरह उत्तीर्ण
-
परीक्षा प्रकार: लिखित र अन्तरवार्ता
-
उमेर सीमा: १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको
-
दरखास्त शुल्क: रु. १,००० (एक हजार मात्र)
-
सम्पर्क मिति: २०८२/०६/०५
-
परीक्षा मिति र स्थान: पछि तोकिने
-
आवश्यक कागजातहरू:
-
शैक्षिक योग्यता प्रमाणपत्रको प्रतिलिपि
-
नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
-
अध्यापन अनुमति पत्रको प्रतिलिपि
-
विद्यालयका प्रधानाध्यापक मिनबहादुर जिसीद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ कि शिक्षक सेवा आयोगको दरबन्दी सूचीकृत उम्मेदवारहरूले आवेदन दिएका खण्डमा तिनीहरूलाई प्राथमिकता दिइनेछ।
