काठमाडौँ स्पोर्टस एन्ड् एभेन्ट्सको आयोजनामा कर्पोरेट टि–१० क्रिकेट प्रतोयोगिता हुने

काठमाडौँ स्पोर्टस एन्ड् एभेन्ट्सको आयोजनामा कर्पोरेट टि–१० क्रिकेट प्रतोयोगिता हुने

कपन अनलाइन

काठमाण्डौ ,कार्तिक २४।

काठमाडौँ  स्एपोर्न्ड्ट्स  एभेन्ट्सको आयोजनामा कर्पोरेट टि–१० क्रिकेट प्रतोयोगिता हुने भएको छ । प्रतियोगीता माघ १४ देखि २१ गतेसम्म काठमाडौको मुलपानी मैदानमा हुनेछ ।

प्रतियोगितामा १६ वटा टीमको सहभागीता रहनेछ । यस प्रतियोगिता टि–१०  फम्र्याट मा खेलिनेछ । टीमको सहभागिताको लागि दर्ता शुल्क रु १,००,००० (एक लाख रुपैयाँ) रहेको छ ।  पहिले नाम दर्ता गर्ने टिमलाई प्राथमिकता प्रदान गरिने छ । प्रत्येक टिममा ११ खेलाडी रहनेछन् जहाँ ८ खेलाडी प्लेइङ र ३ जनालाई अतिरिक्त खेलाडीका रूपमा राख्न पाइनेछ । प्रत्येक टिमले कम्तिमा ३ खेल खेल्न पाउनेछन् । यस प्रतियोगिताका विजेता टिम तथा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई आकर्षक पुरस्कारसहित सम्मान गरिनेछ ।
यो प्रत्योगिताका टेक्निकल डाइरेक्टर रबिन्द्र गुप्ताका अनुसार, धेरै वर्षदेखि सुपर सिक्स आउटडोर क्रिकेट प्रतियोगिता हुँदै आएको थियो, तर कोरोना पछि त्यो बन्द भएको थियो । गुप्ता भन्छन् ः“ अहिले कोर्पोरेट क्रिकेट  भने ईन्दोर मा हुँदैछ । धेरैजसो कर्पोरेट क्षेत्रहरुले पनि सुझाव दिएका थिए – “सुपर सिक्स, आउट्डोर  नै गरौं, टि–१० फम्र्याटमा गरौं, हामी साथ दिन्छौं” ।  त्यही कारणले नै, सबैको माग र समर्थनलाई मध्यनजर गर्दै यो प्रतियोगिता गर्न लागेको हौं।“

तपाइँको प्रतिक्रिया ।