दङ्ग साईलाबा : महेन्द्र चालिसे (लघुकथा )
कपन अनलाइन
काठमाण्डौ ,कार्तिक २२।
आज पल्लाघरे साईलाबा दङ्ग छन् । उनको यो दङ्ग पर्नाका कारण त सोध्नैपर्यो ।
–“हैन साईला बा आज निकै खुशी देखिनु भाको छ नी त ।”
पड्कने साईला बा आज गद्गद् स्वरमा भन्नुहुन्छ –“हेर बाबु, आज ठूलै ठाऊमा चिया पिउने निम्तो थियो त्यसैले त्यहा सज्जिएर चिया पिउन गाको थिएँ । त्यहा ठूलठूला सफेद्पोशहरूको उपस्थिति थियो । मैले पनि सबैलाई एउटा सामुहिक प्रश्न सोध्ने मौकÞा पांए र सोधिहाले । त्यत्रो भिड्मा एकजनाले मात्र जबाफ दियो ।”“हैन त्यस्तो के प्रश्न सोध्नुभयो र, एकजनाले मात्र उत्तर दिन सक्ने ।”
मैले सबैलाई एउटै मात्र प्रश्न “तपाईहरू क–कस्को ससुरालीमा हेलिकप्टर राख्न हेलिप्याड छ, हात उठाउनोस त” भनेर सोधेको थिए मुख्यमन्त्री भएपछि हालसालै बिहे गरेका एकजनाले मात्र हात उठाएं र मेरो प्रश्नको जबाफ दिए” भनेर साईला बाले सुनाए ।
त्यसैले आज हाम्रा पल्लाघरे साईलाबा प्रफुल्ल भएका रे ।
सहकार्य ; कपन बानेश्वर साहित्यिक साप्ताहिक
