चार मुक्तक : ईश्वर साउद (भिक्षु)

चार मुक्तक :  ईश्वर साउद (भिक्षु)

कपन अनलाइन

काठमाण्डौ ,कार्तिक २२।

दुस्पनले साथ छोडेको दिन दशा लाग्यो
खैरो खन्नेले बाटो मोडको दिन दशा लाग्यो ।
आपत बिपत अनुभबको भण्डार बिर्नु हुदैन
सुखमाथि सुख जोडेको दिन दशा लाग्यो ।

हास्नु हसाउनु फरक कुरा हो
फस्नु फसाउनु फरक कुरा हो
तिमी अहिले यत्ति मात्र बुझ
बस्नु बसाउनु फरक कुरा हो ।

तिमिले गुनको बदला बैगुन दिनु हुन्न
पुस्त्यौँलि चिनारि रहला बैगुन दिनु हुन्न
अहिले भन्दा भोलिको चिन्तन गर्नुपर्छ
देखाउदै अनेकौं कला बैगुन दिनु हुन्न ।

भत्किएको मनका के सुनाउ तिमिलाई
गरिबको धनका कुरा के सुनाउ तिमिलाई
धनमा मन गरिब हुने रहेछ जहा सुक्कै
हाम्रा बाला पनका कुरा के सुनाउ तिमिलाई ।

सहकार्य ; कपन बानेश्वर साहित्यिक साप्ताहिक

 

तपाइँको प्रतिक्रिया ।